• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Friday, May 9, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

पर्यटकलाई बेलहिया नाकामै स्वागत सम्मानको योजना

Shree News Ok by Shree News Ok
१३ भाद्र २०७९, सोमबार २१:०५
1 min read
15 0
15
SHARES
29
VIEWS
  • भैरहवा ।

सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले बेलहिया नाका हुँदै मुलुकमा भित्रिने पर्यटकहरुलाई सम्मान सहित स्वागत गर्ने योजना बनाएको बताएका छन् । पर्यटन प्रहरी इकाई भृकुटीमण्डप, काठमाडौंले स्थलानका बेलहियामा आयोजना गरेको पर्यटक सुरक्षा तथा पर्यटन प्रवद्र्धनमा व्यवसायी एंव स्थानीय नागरिकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खाँनले अतिथि देव भवः नारालाई अनुशरण गर्दै अगाडी बढ्नु पर्ने बताए ।

‘‘मुलुकमा पैसा खर्च गर्नका लागि भारतीय र तेस्रो मुलुकबाट पर्यटकहरु आउछन् तर हामीले उनीहरुलाई हामीहरुले सम्मान गर्नुको साटो नाकामै दुब्र्यबहार गर्दछौं, जुन राम्रो होइन’’, उनले भने, ‘‘पर्यटकलाई सम्मान नगरेसम्म मुलुक र हाम्रो नगरले फड्को मार्दैन ।’’
उनले बेलहिया नाकाबाट मुलुकमा भित्रिने पर्यटकहरुलाई नाकामा गुलाब लगायतको फुल दिएर सम्मान सहित स्वागत गर्ने योजनाहरु रहेको भन्दै यहाँ गरिएको स्वागतले पर्यटकको प्रचारप्रसारले पर्यटक आगमनमा थप वृद्धि हुने बताए ।

‘‘हामीले जब पर्यटकहरुलाई नाकामा स्वागत, सम्मान गरेर पर्यटक मैत्री व्यवहार गर्छौं तब उनीहरुले हाम्रो नगर÷मुलुकको प्रचारप्रसार आफ्नो मुलुकमा गएर गर्छन’’ उनले भने, ‘‘यसले पर्यटक आगमनमा वृद्धि हुनुका साथै नगर÷मुलुकको विकासमा थप टेवा समेत पुग्छ ।’

उनले आफू पैसा कमाउन नभई नगरको विकास गर्नका लागि आएको भन्दै नगरको विकासमा नगरवासीको साथ र सहयोगको समेत आवश्यकता रहेको बताए । उनले नगरको विकासका लागि थुप्रै योजनाहरु रहेको र केही निर्माणक क्रममा रहको भइरहेको भन्दै वर्षायाम पछि केही योजनाहरु सञ्चालन गरिने बताए ।

बेलहिया नाकाको सौन्दर्यकरणको लागि कामहरु भइरहेको भन्दै आयोजना कार्यालय अन्तर्गत रहेको ६ लेन सडकको निर्माणको ढिलाईले नगरको योजना सञ्चालनमा पनि समस्या उत्पन्न भएको बताए । जसका लागि आफूहरुले सडक निर्माणका लागि पहल गरिरहेको उनले बताए । नगरपालिकाको फुलैफुलको शहर, हरियाली, स्वच्छ र सफा शहर, फोहोर व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन, पार्किङ व्यवस्थापन, व्यवसायिक भवन निर्माण, कारागार स्थानन्तरण, लगायतका योजनाहरु छन् ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्रोत साधानको अभावमा पनि कामहरु भइरहेको भन्दै प्रशासनको तर्फबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्न आफूहरु तयार रहेको बताए । उनले रात्रिकालिन व्यवसाय सञ्चालनका लागि कार्य विधी अन्तिम चरण पुगेको भन्दै सम्पूर्ण प्रक्रिया पुर्याएर कार्यान्यवन गरिने बताए ।

रुपन्देहीका प्रहरी प्रमुख एस.पी. रविन्द्र रेग्मीले सुरक्षा विना केही कल्पना नै गर्न नसकिने भन्दै सुरक्षाको विकल्प सुरक्षा नै रहेको भन्दै आफूहरुले सदैव सुरक्षाका लागि तत्पर रहेको बताए । उनले आफ्नो स्थानको विकासका लागि सरोकारवालाहरुले समाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो भूमिका समेत निर्वाह गर्नुपर्ने बताए ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?