- भैरहवा ।
आउँदो शुक्रवार (भदौ२४ गते) भैरहवामा लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको आयोजनामा लायन्स कर्पोरेट नाइट हुने भएको छ । सिद्धार्थनगर वडा नम्बर १२ डाँडागाउँ स्थित युनिक बैंक्वेटमा बेलुका साढे पाँच बजेबाट सुरु हुने कार्यक्रम पूर्णरुपमा साङ्गीतिक हुने आयोजक संस्था लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
कार्यक्रममा ख्याती प्राप्त आधुनिक गायक हेमन्त शर्मा साथै स्थानीय महिलाहरुको साङ्गीतिक बैण्डको प्रस्तुति र नृत्य कार्यक्रम समेत हुने कार्यक्रमका संयोजक अनिल कुमार गुप्ताले बताए । यो कार्यक्रम पूर्ण रुपमा साङ्गीतिक कार्यक्रम हुने र कार्यक्रमा बिभिन्न कर्पोरेट हाउसका प्रतिनिधिहरुको निश्चित सहभागिता हुने संयोजक गुप्ताले जनाए ।
क्लबका संस्थापक अध्यक्ष गौतमकुमार गुप्ताले च्यारीटेबल कार्यक्रमका रुपमा यो लायन्स नाइट आयोजना हुन गइरहेको र बचत रकम सामाजिक कार्यमा खर्च हुने बताए । कार्यक्रममा सहभागिताका लागि १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण आयोजकले गरेका छन् ।
सो रकममा रात्री खाना (डिनर), स्न्याक्स (खाजा) तथा सिमित पेय पदार्थ पाइने क्लबका अध्यक्ष गौतम गुप्ताले बताए । निश्चित टिकट त्यो पनि बिभिन्न कर्पोरेट हाउसका व्यक्तिहरु उपस्थित हुने हँुदा कार्यक्रम आकर्षक एवम् भव्य हुने अध्यक्ष गुप्ताको भनाई छ । कार्यक्रमको मुख्य प्रायोजक होटल बोधी रेडशन तथा सहप्रायोजकमा टुबोर्ग बियर तथा प्रायोजकमा युएसपिएफसी तथा मौर्य होटल रहेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.