- भैरहवा ।
युरोपिय देश माल्टाबाट विमान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइतवार दिउँसो एक जहाज अवतरण गरेको छ । नेपाल नागरिक उड्यन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय भैरहवाका अनुसार माल्टाबाट काठमाडांैका लागि चार्टर गरी आएको ग्वाटेमालाको ट्याग एअरलाइन्सको जहाज पार्किङ्गका लागि भैरहवा अवतरण गरेको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोबिन्द दहालका अनुसार यो जहाज कम्तिमा ३ साता यहाँ पार्किङ्ग गर्नेछ । काठमाडांैमा लामो समयसम्म पार्किङ्गका लागि स्थान उपलब्ध नभएकाले यहाँ पार्किङ्गका लागि आएको हो । यस अघि गौतम बुद्ध विमानस्थलमा भियतनामको एक जहाज पार्किङ्गका लागि आएको थियो । अहिले कुबेतको जजिरा एअरवेजले हप्ताको तिन उडान भैरहवा कुबेत गर्दै आएको छ ।
ट्याग युरोपिय देश ग्वाटेमालामा सन् १९६९ मा स्थापित भएको प्यासेन्जर तथा कार्गो सेवा दिने विमान सेवा कम्पनी हो । यसको मुख्यालय तथा हब एअरपोर्ट ला औरोरा इन्टरनेशनल एअरपोर्ट हो, जुन ग्वाटेमाला सिटीमा अवस्थित छ ।
Get real time update about this post categories directly on your device, subscribe now.