- रूपन्देही ।
लागु औषध, ब्राउन सुगर कसुरमा ६ महिनाको कैद सजाय फैसला भएका ६ प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय सालझण्डी, रूपन्देहीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रूपन्देही पठाएको छ ।
लागु औषध (ब्राउन सुगर)को ओसारपसारको कसुरमा रुपन्देही जिल्ला अदालतले २०७५ साल फागुन १२ गते जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं ४ का वर्ष २३ को सागर गुरुङ, बुटवल–५ का २७ वर्षिय सुमन शर्मा, बुटवल–६ का २७ वर्षिय जारशेष गुरुङ्ग, बुटवल–७ का २७ वर्षिय अनिल थापा, कालिगण्डकी गाउँपालिका–१, गुल्मी घर भई हाल बुटवल ६ बस्दै आएका २५ वर्षिय किशोर पाण्डे तथा देवदह–५ का २७ वर्षिय प्रकाश सारुलाई ६ महिना कैद सजाय फैसला गरेको थियो । उनिहरु त्यति बेलै देखि फरार भए पनि भाद्र २० गते इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख तथा प्रहरी निरीक्षक जगन्नाथ मरासिनी कमाण्डमा खटिएको टोलीले बुटवल उपमहानगरका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जस मध्ये मुख्य अभियुक्त बुटवलका मोहम्मद रसिद लाई १० वर्ष कैद सजाय भएकाले निज हाल जिल्ला कारागार रुपन्देहीमा थुनामा रहेका छन् ।
याे पनि पढ्नुहाेस् ।
श्रोत नखुलेको साढे २४ लाख नेपाली रुपैयाँ सहित बुटवलका युवा पक्राउ
Get real time update about this post categories directly on your device, subscribe now.