- भैरहवा ।
जजिरा एअरवेजले भैरहवादेखि कुबेत दैनिक उडान गर्न अनुमति पाएको छ । एअरवेजले गत जेठ २ गतेदेखि भैरहवा कुबेत सेक्टरमा हप्ताको ३ उडान गर्दै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जजिरालाई हप्ताको सातै दिन उडान गर्ने अनुमति दिएको छ । प्राधिकरणले जजिरालाई यही भदौ ३१ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हरेक दिन एक उडान गर्ने अनुमति पाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
दैनिक उडानको लागि आफूहरु तयारी गरिसकेको एअर जजिरा एअरवेजका नेपाल कन्ट्री डाइरेक्टर अमित नागरथले बताए । हाल जजिराको एयरबस ३२० निओको १७४ सिट क्षमताको जहाजले सोमवार, बुधवार र शनिबार गरी सातामा तीन उडान गर्दै आएको छ । कुल एक सय ७४ यात्रु क्षमता भएको जहाज मार्फत हाल कार्गाे समेत बिदेश पठाउन थालिएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.