- भैरहवा ।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले महिला दिदी बहिनीहरु प्रत्येक क्षेत्रमा एकजुट हुनु पर्ने बताएकी छिन् । आस्था महिला उद्यमी संघ सिद्धार्थनगर–९, उदयपुर, रुपन्देहीको आयोजनामा आज भैरहवामा भएको लैंगिक हिंसाको अवस्था, चुनौती र रोकथाम सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रमका क्रममा उनले सो भनाई राखेकी हुन् । उनले ‘सोचमा परिवर्तन’ आफैबाट सुरु गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘सोच परिवर्तन आफैबाट सुरु गरौं, कामको लागि काम भन्दा परिणाममुखी काम गर्नुपर्छ ।’ उनले महिलालाई हेर्ने दृष्टिकोण फरक रहेको बताइन् ।
उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले आस्था महिला उद्यमी संघले आगामी दिनमा पनि रचनात्मक कार्यक्रमहरुलाई अगाडि बढाउँदै जानुपर्ने बताए । आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष विन्दु न्यौपानेको अध्यक्षता, कार्यक्रम संयोजक उषा बेल्बासेको स्वागत, उपाध्यक्ष माया खनालको धन्यवाद ज्ञापन तथा सचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रमको उद्योग व्यापार संगठन रुपन्देहीकी सल्लाहकार तथा नमुना एकीकृत विकास परिषद् रुपन्देहीकी कार्यकारी निर्देशक ज्ञानु पौड्यालले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा ४० जना महिलाको सहभागिता रहेको सचिव लक्ष्मी अधिकारीले बताइन् ।
Get real time update about this post categories directly on your device, subscribe now.