- भैरहवा ।
लयन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्धले दिपावली र छठपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । क्लबका अध्यक्ष लायन गौतम गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका गृहमन्त्री माननीय बालकृष्ण खाँणले सिद्धार्थनगर लगायत सम्पूर्ण देशवासीहरुमा शुभकामना ब्यक्त गरेका थिए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुलुकका बजारहरुमा नेपालमा उत्पादन भएका विभिन्न वस्तुहरु हामीले विस्थापित गर्न सकिने बताएका थिए । नेपाली उत्पादनका लागि केही बजेट नगरपालिकामा राखेको र केही उत्पादन गर्ने उत्पादक कारखानाहरुलाई प्रोत्सानको लागि पुरस्कार स्वरुप बजेट छुट्टयाउन नगरप्रमुख इस्तियाक खानलाई आग्रह गरे ।
रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाको सेमलार, तामनगरदेखि बेथरी बाटोको पश्चिम सेमलारमा दानो नदीको किनार नेपाल सरकारले थोक कृषि केन्द्रको स्थपना गरिने । ‘‘रूपन्देही तथा आसपासका जिल्लाहरुमा उत्पादन हुने खाद्यन्न वस्तुहरु जम्मा गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलमा कार्गो विमानको उडान सुचारु भए पछी नेपालमा उत्पादित तरकारीहरु विदेशी बजारसम्म पु¥याइनेछ ।’’ मन्त्री खाँणले भने । यसरी कृषि केन्द्रको उत्पादन भएका हरिया सागसब्जी खाडी मुलुकले पनि उपभोग गर्न पाउनेछन् साथै मङ्गसीर ४ पछी रूपन्देहीमा फोहर मैला व्यवस्थापन र रिङ्गरोडको काम सुरुहुने गृहमन्त्री खांणले बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष पाण्डे, छठ पूजा व्यवस्थापन समितिका संयोजक आनन्द प्रसाद गुप्ता, क्लबका संस्थापक अध्यक्ष गौतम, कुमार गुप्ता, नगर प्रमुख इस्तीयाक अहमद खान, सिद्धार्थ उद्योग वाणिज्यस संघका महासचिव बिजय पाण्डे, समाजसेवी मंगल भण्डारीलगायतको उपस्थिति थियो । कार्यक्रम संयोजक क्लबका कोषाध्यक्ष संजोग राजको स्वागत र उपाध्यक्ष लायन सुमेर बिक्रम खांणको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.