- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
जेसीआई सिद्धार्थ नेपालले भैरहवा स्थित श्री सत्यसाई बृद्धाश्रमलाई नगद तथा खाद्यान्न सहयोग गरेको छ ।
दशैं तथा तिहार पर्वको अवसर पारी जेसीआई सिद्धार्थले आज आश्रममा एक कार्यक्रम गरी सहयोग हस्तान्तरण गरेको क्लवका अध्यक्ष कमल जिसीले बताए । आज बिहान प्रमुख अतिथी क्लवका पुर्ब अध्यक्ष एवं समाजसेवी हेमन्त अग्रवाले बृद्धबृद्धाको उपस्थितिमा आश्रमका अध्यक्ष माया खरेललाई सहयोग हस्तान्तरण गर्दै पर्वको अवसरमा बृद्धबृद्धालाई सहयोग गर्नु पुन्यको काम भएको बताए । उन्ले पनि ब्यक्तिगत रुपमा सहयोग गर्ने बताउदै बृद्धबृद्धा लाई आश्रय दिईरहेको बृद्धाश्रमलाई सबैले सहयोग गर्नु पर्नेमा जोड दिए ।
सहयोग हस्तान्तरणमा कार्यक्रम संयोजक कार्यकारीणी उपाध्यक्ष शार्दुल मयुर कशौधन, जेसिआई सिद्धार्थका पुर्ब अध्यक्ष सुदर्शन नेपाल लगायतले मन्तब्य राख्दै बृद्धबृद्धालाई सहयोग गर्नु पर्ने बताए ।
महासचिब लोकमणि भटराईको संचालनमा सम्पन्न कार्यक्रममा तालिम संयोजक दिपक सापकोटाले आस्था पाठ गरेका थिए । कार्यक्रममा सस्थाका पुर्ब अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुको उपस्थिति थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.