श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
आस्थाको पर्व छठ सुरु भएको छ । निष्ठापूर्वक ४ दिनसम्म मनाइने छठ पर्व शुक्रबार ‘नहाय खाए’ विधिबाट सुरु भएको छ । छठ पर्व अत्यन्तै निष्ठापूर्वक मनाइने भएकाले यसलाई सबैभन्दा कठोर पर्वको रुपमा समेत लिने गरिएको छ । यस पर्वमा व्रतालुले पहिलो दिन ‘नहाय–खाए’ गर्छन् भने दोस्रो दिन खरना, तेस्रो दिन डुब्दै गरेको र चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिने गरिन्छ । नेपालको विभिन्न स्थान सहित रुपन्देही को भैरहवा , बुटवल , लुम्बिनी, मर्चवार ,धकधइ,बेथरी,गैडहवा, लगायतका क्षेत्रमा छठ्पर्व धुमधाम साथ मनाउने तयारी भैरहेको छ। अहिले ती क्षेत्रमा रहेका विभिन्न पोखरी तथा तालतलैयाहरूमा रहेको छठ पूजा समिति तथा स्थानिय युवा क्लबहरूले सजाउन थालेका छन् ।
ग्रामीण क्षेत्रमा भएका पोखरी, नदी तथा सरोवरहरूको सरसफाई तथा सौन्दर्यकरणको काम सुरु भएको रोहिणी गाउपालिका का सन्चारकर्मी बिबेक बिस्वकर्माले बताए ।
यस्तै भैरहवाको नेपाली सेनाको ब्यारेक तथा श्री राम जानकी हनुमान मन्दिर गल्लामन्डीमा छठ पुजाको तयारी भएको छ । तस्बिरमा छठ भैरहवाको दुई स्थानका पोखरी हेरौ ।
Get real time update about this post categories directly on your device, subscribe now.