श्री न्यूज ओके रिपोर्टर, भैरहवा
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको आयोजनामा निर्वाचनमा सन्चार माध्यमको भूमिका बिषयक आधादिवशिय मिडिया अभिमुखिकरण कार्यक्रम भैरहवाको बोधी रेडशन होटलमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलले निर्वाचनमा सन्चारकर्मीको भूमिका अहम हुने भन्दै सन्चार्कर्मीले कुनै राजनैतिक दल पक्ष नलिइ स्वतन्त्र रुपमा समाचार लेख्नु पर्ने बताए ।उन्ले मिथ्या समाचार , दुस्प्रचार गर्न नहुने भन्दै आचारसंहितामा रहेर निर्वाचनको समाचार संकलन , प्रकाशन एव प्रशारण गर्नु पर्ने बताए । पोखरेलले सन्चार कर्मी सङै सन्चार गृह पनि उतिकै जिम्मेवार हुनु पर्ने बताए ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निमित्त प्रमुख टेक राज पन्थीले अभिमुखिकरण कार्यपत्र प्रस्तुत गर्दै सन्चारकर्मी एव सन्चारगृहले कुनै राजनितिक दलको पक्ष लिएर समाचार प्रकाशन प्रशारण गर्न नहुने बताए । सन्चारकर्मी र सन्चारगृहले बदर मत कसरी घटाउने, मतदाताको सहभागिता कसरी बढाउने र मतदाता लाई कसरी सुसुचित गर्ने भन्ने बिषयमा समेत ध्यान केन्द्रित गरि समाचार प्रकाशन एव प्रशारण गर्न आग्रह गरे । पन्थीले मिथ्या समाचार , दुस्प्रचार , द्वेसपुर्ण अभिब्यक्ती, भ्रामक समाचार लाई निशेध गर्नु पर्ने बताए । पन्थीले टिभी, अनलाइन टिभि, अनलाइन सन्चार माध्यम ,रेडियो एफ एम , सामाजिक संजालमा उम्मेदवारको प्रचार सामग्री आचारसंहिता भित्र रहि गर्नु पर्ने बताए । कार्यक्रममा रुपन्देही जिल्लामा कार्यरत सन्चारकर्मी को सहभागिता थियो ।कार्यक्रम को संचालन जिल्ला निर्वाचन कार्यालय रुपन्देही का लेखापाल निर्मल खनाल ले गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.