- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंसिर एक गते राति बाह्र बजे देखि मौन अवधि सुरु हुने भएकाले राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्ने समय अव चार दिन मात्रै बाँकी रहेको छ । बिहीवारका दिन राती सम्म मात्र प्रचारप्रसार गर्न पाईनेछ ।
सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा पनि त्यसपछि कुनै पनि किसीमको प्रचारात्मक अभियान प्रयोग गर्न पाईने छैन् ।
निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक सत्र गतेदेखि मङ्सिर एक गतेसम्म प्रचारप्रसारका लागि समय निर्धारण गरिएको छ । निर्धारण गरिएको समय सकिन अव ४ दिन मात्रै बाकी छ ।
मंसिर एक गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार गर्न नहुने कानुनी व्यवस्था रहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.