- श्रीन्यूज ओके सम्वाददाता, भैरहवा
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सिमानाका अन्तरगत रुपन्देही संगको सिमानाका आज राती १२ बजे बाट बन्द हुदैछ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेका अनुसार भैरहवा मात्र नभई रुपन्देही संग सिमा जोडिएका भारतका सबै नाकाहरु आज राती देखी बन्द हुनेछन् ।
आज राती देखी बन्द हुने नाकाहरु ७२ घन्टा पछि मंसिर चार गते राती १२ बजे मात्रै खोल्ने निर्णय यस अघिनै नेपाल भारत सिमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले गरेको थियो।
सोे बैठकले रुपन्देही सहित पश्चिम नवलपरासी र कपिलबस्तु संग सिमा जोडिएका भारतका महाराजगन्ज र सिद्धार्थनगरका जिल्लाका नाकाहरु ७२ घन्टालाई बन्द गर्ने निर्णय गरेको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.