• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, May 15, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

रुपन्देही ३ मा दिपक बोहोराको जित सुनिश्चित छ : तीन दलीय गठबन्धन, चुनावी सभामा भाषण गरेनन बोहोराले

Shree News Ok by Shree News Ok
१ मंसिर २०७९, बिहीबार १९:५७
1 min read
24 0
23
SHARES
46
VIEWS
  • श्रीन्यूज ओके रिपोर्टर, भैरहवा

मंसिर ४ गते हुने आम निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभाका उम्मेदवार राप्रपाका दिपक बोहोराको जित निश्चित भएको तीन दलीय गठबन्धनका नेताहरुले बताएका छन् । आज(बिहीबार) भैरहवामा राष्ट्रिय प्रजातन्त्र पार्टी,नेकपा एमाले र जनता समाजवादी पार्टीको तीन तीन दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभामा तीन दल सम्बद्ध नेताहरुले रुपन्देही ३को प्रतिनिधी सभा र प्रदेश शभाका दुबै सिटमा आफना उम्मेदवारले जित हासिल गर्नेमा कुनै द्धिबिधा नरहेको बताएका छन् ।                                                                                           
तीन दलिय गठबन्धनको संयुक्त निर्बाचन परिचालन समिति रुपन्देही क्षेत्र नम्बर ३ ले भैरहवाको बर्मेलीटोलमा आयोजना गरेको सभामा गठबन्धनका बोल्दै नेताहरुले सरकारको नेतृत्व सम्हालिरहेको पाँच दलीय गठबन्धनले देश र जनताको हितमा अहिले सम्म कुनैकाम नगरेको र भविश्यमा गर्न पनि नसक्ने भएकाले गठबन्धनका उम्मेदवारहरुलाई मत दिई बिजयी बनाउन आग्रह गरेका हुन् ।                                            
सभामा गठबन्धनको पक्षबाट उमेदवार बनेका राप्रपाका नेता दीपक बोहराको तर्फबाट बोल्दै राप्रपाका केन्द्रिय सल्लाहकार समितिका संयोजक निरन्जन थापाले सत्तासिन पाँच दलिय गठबन्धनले निर्वाचन जितेर सरकार बनाएमा देश आर्थिक संकटमा पार्ने र बिकाश निर्माणको कुनै काम नगर्ने भएका तीन दलिय गठबन्धनलाई बिजयी बनाउन आग्रह गरे ।                                                                                                                        
सभामा यो एमालेका नेता खिमलाल भट्टराईले मुलुकको आर्थिक, सामाजिक परिवर्तनका लागि यो गठबन्धनलाई निर्वाचनमा जिताउन सबैमा आग्रह गरे । सभामा प्रदेश सभा (क)(ख)का उम्मेदवार जसपाकामहेन्द्र यादव र एमालेका तुलसी चौधरीले गठबन्धनका सबै उम्मेदवारको जित सुनिश्चित भएको बताउदै हलो, छाता र सुर्यमा मतदान गर्न आग्रह गरे । उनिहरुले झुटको खेती गर्ने र झुटछा आश्वासन दिनेहरुलाई जनताले चिनिसकेको हुदा गलत ब्यक्तीलाई मत दिएर मत खेरनफाल्न आग्रह गरे सभामा राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले उम्मेदवार दीपक बोहराले रुपन्देहीमा गरेको बिकाशनिर्माणका कामहरु बारे सबैलाई थाहा भएको बताईन् ।                                                                                                  
जनता समाजवादी पार्टीका नेता सियाराम यादवको अध्यक्षता, राप्रपा केन्द्रीय सदस्य स्वाती थापाको स्वागत मन्तब्य तथा एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाको सञ्चालनमा कार्यक्रम चुनावी सभा कार्यक्रम सम्पन्न भएको थियो ।
चुनावी सभामा भाषण गरेनन बोहोराले
तीन दलिय गठबन्धनको संयुक्त निर्बाचन परिचालन समिति रुपन्देही क्षेत्र नम्बर ३ ले भैरहवाको बर्मेलीटोलमा आयोजना गरेको बृहत चुनावी सभामा त्यहा उपस्थित रहेका धेरै सर्बसाधारणलाई एकै कुराको हुटहुटी थियो, आजको सभामा उम्मेदवार दिपक बोहोरा पक्कै पनि बोल्नेछन् । तर आज निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन बोहोराले थोरै समय भए पनि मन्तब्य दिई कार्यकर्ता र आमसर्बसाधारण संग निर्वाचनमा बिजयी बनाउन आग्रह गर्नेछन भन्ने थियो । तर बिगतका दिनमा जस्तै बोहोराले केही बोलेनन भने उहाको तर्फबाट राप्रपाका केन्द्रिय सल्लाहकार समितिका संयोजक निरन्जन थापाले मन्तब्य दिए । आखिर किन बोलेनन त बोहोरा ? बोहोराको स्वास्थ्यमा गत वर्ष देखि कोभिडका कारणले समस्या आएको छ । बोल्न समस्या हुदा राप्रपा नेता निरञ्जन थापा र केन्द्रिय सदस्य स्वाती चुनावी चुनावी अभियानमा सक्रिय छन् । पार्टीका नेताहरुका अनुसार बोहोरा अहिले ‘भ्वाइस रेस्ट’मा छन् । कोभिडपछि समस्या देखिएकाले बोल्न सक्दैनन् । अहिले चिकित्सककोे सल्लाहबमोजिम ‘स्पीच थेरापी’ गरिरहेका छन बोहोराले                                                                                                                          
कोभिड संंक्रमणको चार–पाँच महिनापछि बोहराको आवाजमा केही परिवर्तन आएको थियो । तर, उनले यसमा खासै वास्ता गरेनन् । विभिन्न स्थानमा उपचार एवं परिक्षण पछि कोभिडका कारण समस्या बल्झिएको र यस्का कारण थकाइ लाग्ने, सुख्खा खोकी, वाकवाकी लाग्ने, छोटो अवधिको स्मरणशक्तिमा कमी साथै बोलीको समस्या देखाएको छ। बिभिन्न स्थानमा आयोजना भएका निर्वाचन लक्षित सभा एवं कार्यक्रममा नेता द्धय निरन्जन थापा र स्वाती थापाले कोभिडका कारण घाँटीमा समस्या देखिएपछि केही साता स्वर बन्द गर्न चिकित्सकले सल्लाह दिएकाले अहिले कम बोलेको र भ्वाईस रेष्टमा रहेको बताउदै आएका छन् । मंसिर १२ गते सम्म भ्वाईस रेष्टमा रहेको उनिहरुले बताउदै आएका छन् ।                                                                                                                                                                                                                                         
बोहराले अहिले त्रिभुवन शिक्षण अस्पताल(टिचिंग)का वरिष्ठ स्पीच थेरापिस्ट कविराज खनालसँग सल्लाह लिइरहेको बुझिएको छ । यो समस्या भएका व्यक्तिलाई चर्को स्वरमा बोल्दा वा लामो समयसम्म स्वर कायम राख्न अथवा बोलि राख्न समस्या हुन्छ । यही कारणले गर्दा सभाहरुमा बोहोरा बोल्ने गर्दैनन् ।                                                                                                                                                                                                   
चिकित्सकहरुले बोहरालाई अझै कम्तिमा पाँच महिनासम्म नबोल्न सल्लाह दिएका छन् । अहिलेबाटै चर्को स्वरमा बोल्दा भविश्यमा फेरि आवाज निस्कन गाह्रो हुन्छ, त्यसैले बिकल्प भनेको भ्वाइस रेष्ट र स्पिच थेरापीनै हो । बोहोरा सभा घरदैलो लगायतका कार्यक्रममा गएपनि मतदाताले सोधेको प्रश्नको जवाफ दिन नसक्दा अहिले अप्ठेरोमा छन् । एकथरी यस्तो बिरामी देखिएपछि बोहोरा नउठनु पर्ने र अर्कै नया उम्मेदवारलाई अवसर दिनु पर्ने तर्क उठाइरहेका छन भने पार्टी निकटहरु भने स्वास्थय समस्या केही समयको लागि मात्र भएको र मंसिर १२ गतेबाट आवाज पूर्ण रुपमा फर्कने दाबी गरेका छन् ।

                                 शशुल्क प्रचार सामग्री(बिज्ञापन)

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?