- श्रीन्यूज ओेके रिपोर्टर, भैरहवा
आज मंसिर ४ गते निर्वाचनको दिन । बिहान ७ बजेबाट मतदान सुरु हुदैछ । जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देही जिल्ला बाट प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा ६ लाख ३८ हजार ९ सय ५२ जना मतदाता रहेका छन् ।
कार्यालयका अनुसार जिल्लाभर २ सय ८ मतदान स्थल र ७ सय २ मतदान केन्द्र रहेका छन् । जिल्लामा ५ वटा अस्थायी मतदान केन्द्र समेत रहेका छन् । कुन क्षेत्रमा कति मतदाता
क्षेत्र नम्बर १
रुपन्देही क्षेत्र नम्बर १ मा १ लाख ३९ हजार ५ सय ६० मतदाता छन् । ती मध्ये क्षेत्र नम्बर १(१)मा ७२ हजार दुई सय ११ र १(२)मा ६७ हजार तीन सय ४९ मतदाता छन् । रुपन्देही–१ म प्रतिनिधि सभा तर्फ २१ जना उम्मेदवार छन् । प्रदेशसभा १ मा ११ र २ मा १४ जना उम्मेदवार रहेका छन् ।
क्षेत्र नम्बर २
क्षेत्र नम्बर २ मा कुल १ लाख २६ हजार ८ सय ७ मतदाता रहेका छन् । रुपन्देही २(१)मा ६३ हजार ५ सय ३ र रुपन्देही २(२)मा ६३ हजार ३ सय ३ मतदाता छन् । यो क्षेत्रमा प्रतिनिधिसभातर्फ १५ जना उम्मेदवार रहेका छन् भने प्रदेश सभा १ मा १२ र २ मा ११ जना उम्मेदवार रहेका छन् । क्षेत्र नम्बर ३
रुपन्देही–३ मा कुल १ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेका छन् । रुपन्देही ३(१)मा ६५ हजार ५ सय १३ र रुपन्देही ३(२)मा ६७ हजार २ सय ७८ मतदाता छन् । रुपन्देही–३ मा प्रतिनिधिसभातर्फ २२ जना उम्मेदवार छन् । प्रदेश सभा १ मा ११ र २ मा ११ जना उम्मेदवार छन् ।
क्षेत्र नम्बर ४
रुपन्देही क्षेत्र नम्बर ४ मा कुल १ लाख १० हजार ६ सय ५९ मतदाता छन् । रुपन्देही ४(१)मा ५३ हजार ३ सय ८९ र रुपन्देही–४(२)मा ५७ हजार २ सय ७० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रुपन्देही–४ मा प्रतिनिधिसभातर्फ १३ जना उम्मेदवार छन् । प्रदेशसभा १ मा ६ र २ मा १२ जना उम्मेदवार छन् ।
क्षेत्र नम्बर ५
रुपन्देही–५, मा कुल १ लाख २९ हजार १ सय ३५ मतदाता रहेका छन् । रुपन्देही ५(१)मा ७४ हजार ६ सय ५९ र रुपन्देही– ५(२)मा ५४ हजार ४ सय ७६ मतदाता रहेका छन् । रुपन्देही–५ मा प्रतिनिधिसभातर्फ १७ जना उम्मेदवार रहेका छन् । प्रदेश सभा १ मा १३ र २ मा १४ जना उम्मेदवार रहेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.