- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
रुपन्देहीमा औसतमा ६५ प्रतिशत मत खसेको अनुमान रहेको छ । जिल्लाका प्रमुख निर्वाचन अधिकृत कृष्ण राम कोईरालाले सबै तथ्यांक आइनसकेको तर ६५ प्रतिशतको हाराहारीमा मतदान भएको बताए । सबै क्षेबाट मतपेटिकाहरु शंकलन गर्ने कार्य अहिले भैरहेको छ र सबै शंकलल पछि सर्बदलिय बैठक बसी आजै रातिबाट मतगणना कार्य सुरु हुने कोईरालाले जानकारी दिए । मतगणना तोकिएको स्थलमा हुन्छ र मतगणनाको तयारी सबै पुरा भएको छ । राति १० बजेबाटै मतगणना सुरु गर्ने गरी तयारी भएको कार्यालयले जनाएको छ । मतगणना स्थललाई सुरक्षित बनाईएको छ ।
भैरहवा नमुना माबिमा मतगणना
रुपन्देही क्षेत्र नम्बर ३ को मतगणना भैरहवा स्थित भैरहवा नमुना माबिमा हुनेछ । क्षेत्र ३ को मतगणनाको सबै तयारी पुरा भएको र राति १० बजेबाटनै मतगणना सुरु गर्ने गरी तयारी भएको छ
Get real time update about this post categories directly on your device, subscribe now.