- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
रुपन्देही क्षेत्र नम्बर ३ को मतगणना बिहान ८ बजेबाट सुरु गर्ने भनिए पनि अहिलेसम्म सुरु भएको छैन । मतगणनाको लागि सबै तयारी भइसकेता पनि केही प्राविधिक कारणले मतगणना हुन नसकेको हो ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार अब केही समय पछि मतगणना कार्य सुरु हुनेछ । निर्वाचन आयोग अनुसार प्रतक्ष्य र समानुपातिक तर्फको एकै साथ मतगणना गर्ने निर्णय भएकाले सोहि अनुसार मतगणना हुने बुझिएको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ को मतगणना भैरहवा स्थित भैरहवा नमूना उच्च माविमा १२ बजे पछि मतगणना सुरु हुने बताइएको छ ।
क्षेत्र नम्बर ३ को प्रतिनिधि सभाको प्रतक्ष्य तथा समानुपातिक र प्रदेश शभा (क) को प्रतक्ष्य र समानुपातिक दुबैको मतगणना एक साथ हुने र यो दुबैको मतगणना सकिएपछि मात्रै प्रदेश शभा (ख) को मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ३ का प्रवक्ता शोभाकर खरेलले बताए । उता रुपन्देही क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.