- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य तथा सोही क्षेत्रको प्रदेश सभा सदस्य (क)को प्रतक्ष्य तथा समानुपातिक दुबैको मतगणना सुरु भएको छ । अहिले मतपेटीका मतगणना कक्षमा ल्याई मतगणनाको प्रकृया अघि बढाइएको छ । प्रतक्ष्य तर्फ क्षेत्र नम्बर ३ अन्तगत पर्ने मायादेवी गाउँपालिकाको वार्डहरुको मतगणना सुरु हुने क्रममा रहेको छ ।
मतगणना सुरु गर्नु पूर्व मुचुल्का उठाउने लगायतका काम सुरु गर्नु पर्छ ।
क्षेत्र नम्बर ३ प्रदेश शभा (ख) को भने प्रदेश शभा (क) को मतगणना समाप्त भए पछि मात्रै गणना हुने निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ३ का प्रवक्ता शोभाकर खरेलले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.