- श्रीन्यूज ओके रिपोर्टर भैरहवा
रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य(क) तर्फ पाँच दलिय गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समावजादी पार्टीका सन्तोष कुमार पाण्डेले मतान्तर बढाउदै लगेका छन् । अहिले सम्म गणना भएको 9092 मत मध्ये पाण्डेले तिन हजार सटसटठी (3067) मत प्राप्त गरेका छन् । पाण्डे साइकलमा चढेर मतान्तरको गति बढाउदै छन् ।
पाण्डेका प्रतिद्धन्दी तिनदलिय गठबन्धनका उम्मेदवार एवं जनता समाजवादी पार्टीको नेता महेन्द्र यादवले दुईहजार एक सय अट्ठठाइस(2128) मत पाएका छन् । यादव पाण्डे भन्दा नौ सय उन्चालिस(939) मतले पछि छन् । यादवले छाता ओढदै अहिले पाण्डेलाई पछ्याउदै छन् । यो गनिएको मत मायादेवी गाउपालिका वडा नम्बर ७ र ८ तिलोत्तमा वडा नम्बर १४ को हो ।
त्यस्तै गरी अहिले सम्म किरन गुप्ता(ढकिया) ९७३, प्रेम बहादुर गुरुंग (घर) ९६८,गोपाल भण्डारी लौरो(६९१),सलाउद्धिल आलम(लाउड स्पिकर)५४२, अर्जुन थापा (तीर) १२९,चन्द्र भान यादव(दुई हातले नमस्कार गरेको) ७४, मोहम्मद अलि फकिर (स्कुटर)३२, नगेन्द्र प्रसाद अग्रहरी(रिक्सा) २०, राजन शुक्ला(कंगारु) ९ मत रहेको छ । मतगणना जारी छ । यो मत परीणाम बिहान 9 बजे सम्मको हो ।
Get real time update about this post categories directly on your device, subscribe now.