- श्रीन्यूज ओेके रिपोर्टर, काठमाडाैं ।
प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र ७ काठमाडाैं राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु सोबिता गौतम र गणेश पराजुली विजयी भएका छन् । सोबिताले १५ हजार २२९ मत ल्याई एमालेका मणिराम फुयाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।सोहि क्षेत्रमा गठबन्धनकी ओनसरी घर्तीले ९ हजार ७४९ मत पाइन् । त्यसै गरी क्षेत्र नम्बर ७ मा गणेश पराजुली ७ हजार ८ सय त्रिचालिस मत ल्याएर बिजयी भएका हुन् । पराजुलीले एमालेका श्यामकुमार घिमिरेलाई पराजित गरेका हुन् । घिमिरेले ६ हजार ८०० मत ल्याउँदा सत्ता गठबन्धनकी मानुषी यमि भट्टराईले ६ हजार ६३ मत ल्याइन् ।
Get real time update about this post categories directly on your device, subscribe now.