- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य तर्फ मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार एवम् गृहमन्त्री बालकृष्ण खाँणले १ हजार ४ सय ७४ मतले अग्रता लिएका छन् । क्षेत्र नम्बर ३ को गणना भएको सदर मत ३० हजार २ सय ७४ मध्ये काँग्रेसका खाँणले १३ हजार ३ सय ५६ मत प्राप्त गर्दा खाँणका प्रतिद्धन्दी राप्रपा नेता एवम् पूर्वमन्त्री दिपक बोहराले ११ हजार ८ सय ८२ मत पाएका छन् । अहिले सिद्धार्थनगर नगरपालिकाको वडा नं. ८ र १२ को मतगणना भइरहेको छ ।
सोहि क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका जीतबहादुर गुप्ता तेलीले १ हजार ७ सय ६४, नागरिक उन्मुक्ति पार्टीका तुलसी प्रसाद थारुले ९४८, जनमत पार्टीका प्रमोदकुमार राउत ८८६, स्वतन्त्र उम्मेदवार केशव विक्रम खड्काले ५३०, हाम्रो नेपाली पार्टीका प्रख्यात बन्जाडेले ४३४, राप्रपा नेपालका सरस्वति धोबी धवलको ५४, मङ्गोल नेशनल अर्गनाइजेशन तेजकुमारी आले, स्वतन्त्र उम्मेदवार गुडिया पथरकट्ट १८, इश्रात अलि फकिरको १८, नेपाल मजदुर किसान पार्टी की सरू बि.क.काे १७ मत, नवाब मुसलमान ८ मत, नरेशबहादुर क्षेत्री ७, रमेश गैरे ६, राजिव साही ५, देवराज न्यौपाने ५, जिवकान्त काफ्ले ४ र घनश्याम भट्टराईको ४ मत रहेको छ ।
त्यसै गरी गान्धीवादी पार्टी नेपालका लालबहादुर रानाले ५ मत प्राप्त गरेका छन् । गृहमन्त्री बालकृष्ण खाँणको समर्थनमा आफ्नो उम्मेदवार निक्रिय गराएका राष्ट्रिय जनमुक्ति पार्टीका मोजिब अलि मुसलमानको २९९ मत आएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.