- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य (क) तर्फ पाँच दलिय गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेयले अहिलेसम्म ११ हजार ४ सय ७५ मत पाएका छन् । पाण्डेयको अहिलेसम्म ३ हजार ३ सय ९९ मतको अग्रता छ । पाण्डेयका प्रतिष्पर्धी तीन दलिय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका महेन्द्र यादवले ८ हजार ७६ मत ल्याएका छन् । हाम्रो नेपाल पार्टीका गोपाल भण्डारी ३ हजार २ सय ९५ मत सहित तेस्रो स्थानमा छन् ।
त्यसै गरी राष्ट्रिय जनमुक्ति पाटीका प्रेमबहादुर गुरुङ्गको २८५७ मत, नागरिक उन्मुक्ति पार्टीका किरण गुप्ताको १८५७ मत, जनमत पार्टीका सलाउद्दिन आलमको १६५० मत, स्वतन्त्र उम्मेदवार मोहम्मद अलि फकिर ७४२ मत, राप्रपा नेपालका अर्जुन थापाको ५१५ मत, नेपाल लोकतान्त्रिक पार्टीका चन्द्रभान यादवको २१९ मत रहेको छ । त्यसै गरी स्वतन्त्र उम्मेदवारहरु नागेन्द्रप्रसाद अग्रहरी ९७, राजन शुक्ला ३० मत रहेकाे छ ।
क्षेत्र नम्बर ३(क) मा अहिलेसम्म मायादेबी गाउँपालिका वडा नम्बर ७ र ८, ओमसतिया २, सियारी १, तिलोत्तमा १४ तथा सिद्धार्थनगरको १, २, ३, ४, ५,६, ७, १० को गणना सम्पन्न भइसकेको छ भने वडा ८ र १२ को मतगणना जारी छ ।
Get real time update about this post categories directly on your device, subscribe now.