श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य (क) तर्फ पाँच दलिय गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता सन्तोषकुमार पाण्डेय विजयी भएका छन् । पाण्डेयले १४९२८ मत ल्याई विजयी भएका हुन् । पाण्डेयका प्रतिष्पर्धी तीन दलिय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका महेन्द्र यादवले १०७९७ मत ल्याएका छन् ।पाण्डेयले ४१३१ मतान्तरले जित हात पारेका छ्न। हाम्रो नेपाल पार्टीका गोपाल भण्डारीले ५४६२ मत ल्याई तेस्रो स्थानमा रहे ।
३८ बर्ष का पाण्डेय यस अघि पनि सोही क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । पाण्डेले जित पछि यस क्षेत्रका जनताले आफूलाई पुनः अनुमोदन गरेको बताउँदै आफू सधै जनताको सेवक भएर काम गरिरहने जनाए । अमूल्य मत दिएर विजयी बनाउनु हुने सम्पूर्ण मतदातामा उनले हार्दिक आभार प्रकट गरेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.