- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्य पदको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाँण एवं राप्रपा नेता पुर्बमन्त्री दिपक बोहोरा झिनो मतले अघिपछि रहेका छ्न्। प्रत्येक घन्टा नया आउने मतगणनाको अपडेटले कार्यकर्तामा कस्ले जित्ने हो भन्ने कौतुहलता छाएको छ । क्षेत्र नम्बर ३ (ख)को मतगणना सम्पन्न हुदा सम्म खाँण ६ सय ६५ मतले अग्रता लिई (क) क्षेत्रको मतगणनामा प्रबेश गरेका थिए । तिलोत्तमा १३को मतगणना हुदा मतअन्तर बोहोराले घटाएका थिए । बुटवल उप महानगरका ६ वार्ड समेत रहेको यस क्षेत्रमा ति वार्डका मतगणना भैरहदा कहिले खाँण त कहिले बोहोरा झिनो मतले अघिपछि हुदै गरेका छन् । यो समाचार तयार पार्दा सम्म खाँण २७ मतले अघि छन् । अब यो क्षेत्रमा शुद्धोधन गाउपालिका साथै सियारी गाउपालिकाको वडा नम्बर वडा नम्बर २,३,६र७ को मतगणना हुन बाकी छ ।
उता क्षेत्र नम्बर २ मा एमालेका बिष्णु पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछ्याईरहदा क्षेत्र नम्बर १ मा एमालेका छबिलाल बिश्वकर्मालाई बामलोकतान्त्रिक गठबन्धनले समर्थन गरेको स्वतन्त्र उम्मेदवार घनश्याम भुषाल, बिश्वकर्माको पछि पछि छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.