- शम्भु पन्त/न्यूज ओके रिपोर्टर
भैरहवा ।
प्रतिनिधि सभा क्षेत्र नम्बर ३ रुपन्देही को मतगणनाको पछिल्लो परिणाम अनुसार राप्रपा का उम्मेदवार दिपक बोहोराको २७ हजार ५ सय ८२ मत रहेको छ भने प्रतिस्पर्धी नेपालि काङ्ग्रेसका उम्मेदवार बालकृष्ण खाणको २७ हजार ०६५ मत रहेको छ ।
अहिले बोहोरा लाई ५ सय १७ मत को अग्रता रहेको छ । शुद्धोधन वडा नम्बर १,२ र ६ तथा सियारी ७ को मतगणना सम्पन्न भएको छ । अब शुद्धोधन ३,४,५ र ७ तथा सियारीको २,३ र ६ वाडहरुको मतगणना बाकी रहेको प्रमुख निर्वाचन अधिकृत कृष्ण राम कोइरालाले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.