- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा ।
रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य तर्फ जारी मतगणनामा राप्रपा नेता एवम् पूर्वमन्त्री दिपक बोहराले ३२ हजार ८ सय ४८ मत ल्याएका छन् । बोहोराका प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार एवम् गृहमन्त्री बालकृष्ण खाँणले ३१ हजार ६ मत ल्याएका छन् । बोहोराले १८ सय ४२ मतले अग्रता कायम राखेका छन् ।
क्षेत्र नम्बर ३ को अहिले सम्म ८४ हजार ७४ मतगणना हुदा सदरमत ७९ हजार ३६१ र बदर मत४७१३ रहेको छ ।
सोहि क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका जीतबहादुर गुप्ता तेलीले ५ हजार ५ सय ३६, नागरिक उन्मुक्ति पार्टीका तुलसी प्रसाद थारुले ४१६४, जनमत पार्टीका प्रमोदकुमार राउत २३६८, हाम्रो नेपाली पार्टीका प्रख्यात बन्जाडेले १३४८,स्वतन्त्र उम्मेदवार केशव विक्रम खड्काले ९९८,मङ्गोल नेशनल अर्गनाइजेशन तेजकुमारी आले २१२,राप्रपा नेपालका सरस्वति धोबी धवलको १३४, नेपाल मजदुर किसान पार्टी की सरू बि.क.को ५० मत, स्वतन्त्र उम्मेदवार इश्रात अलि फकिरको २५, गुडिया पथरकट्ट २१, नरेशबहादुर क्षेत्री १६, राजिव शाही १५, रमेश गैरे १२, नवाब मुसलमान १२ मत, देवराज न्यौपाने ११, घनश्याम भट्टराईको १० मत, जिवकान्त काफ्ले ८ मत रहेको छ ।
त्यसै गरी गान्धीवादी पार्टी नेपालका लालबहादुर रानाले १३ मत प्राप्त गरेका छन् । गृहमन्त्री बालकृष्ण खाँणको समर्थनमा आफ्नो उम्मेदवार निक्रिय गराएका राष्ट्रिय जनमुक्ति पार्टीका मोजिब अलि मुसलमानको ५४४ मत आएको छ । अब सियारीको वडा नम्बर २,३ र ६ को नौ हजार चार सय तिरानब्बे मतगणना हुन बाँकी रहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.