- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
यस पटकको निर्वाचनमा प्रतिनिधी सभा प्रतक्ष्य तर्फ रुपन्देहीमा नेपाली कांग्रेसले नराम्रो पराजय व्यहोरेको छ । अघिल्लो निर्वाचनमा २ स्थान जित हात पारेको कांग्रेस यो पटक शुन्यमा सिमित भयो । अघिल्लो निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४बाट प्रमोद कुमार यादव बिजयी भएका थिए । यादव संग त्यतिबेला पराजित भएका सर्बेन्द्र नाथ शुक्लले अहिले कांग्रेसका तिनै यादवलाई पराजित गरेका छन् । शुक्ल २८ हजार मत ल्याई विजयी हुदा उनका निकटतम् प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रमोद कुमार यादव २२ हजार ७ सय ४ मत पाए ।
त्यसै गरी क्षेत्र नम्बर ५ मा पनि कांग्रेसका भरत कुमार शाहले आफनोपद सुरक्षित राख्न सकेनन् । शाहलाई एमालेका बासुदेब घिमिरेले पराजित गरे । घिमिरे तिलोत्तमा नगरपालिकाका निबर्तमान मेयर हुन् । घिमिरे ३६ हजार ८ सय २२ मत पाउदा निर्वतमान सांसद समेत रहेका शाहले २७ हजार १ सय २० मत मात्र पाएका छन् ।
प्रतिनिधी सभा प्रतक्ष्य तर्फ रुपन्देहीमा कांग्रेस शुन्यमा सिमित हुदा नेकपा एमालेले भने तिन क्षेत्र जित हात पारेको छ । क्षेत्र ५ मा घिमिरे बिजयी हुदा क्षेत्र नम्बर १मा एमालेका सचिव समेत रहेका छबिलाल बिश्वकर्माले एमालेका पुर्वनेता घनश्याम भुषाललाई भुषाललाई ३ हजार ५ सय ६४ मतले पराजित गरेका छन् । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका भुषाललाई पाच दलिय गठबन्धनले समर्थन गरेको थियो । बिश्वकमा यस अघि पनि सोहि क्षेत्रबाट जित हात पारेका थिए ।
क्षेत्र २ मा एमाले उपाध्यक्ष बिष्णु पौडेल लगातार चौथो पटक बिजयी भएका छन् । ्पौडेलले नेपाल स्वतन्त्र पार्टीका गणेश पौडेललाई १३ सय ६३ मतले पराजित गरेका हुन् । यो क्षेत्रमा पाच दलिय गठबन्धनले आफनो उम्मेदवार नरहे पछि जनमुक्ती पार्टीका केशब सुर्यबन्शीलाई समर्थन गरेको थियो । सुर्यबन्शीले २२ हजार १० मत पाएका थिए ।
सबैभन्दा चर्चित क्षेत्रका रुपमा रहेको रुपन्देही ३ मा गृहमन्त्री समेत रहेका बालकृष्ण खाँण उम्मेदवार हुदा चर्चामा थियो यो क्षेत्र । अघिल्लो निर्वाचनमा नेकपा एमालेका घनश्याम भुषालले यहाबाट जित हात पारेका थिए । तर यस पटक राप्रपाले एमाले सित गठबन्धन गरी दिपक बोहोरालाई उम्मेदवार बनाएको थियो । बोहोराले खाँणलाई २ हजार ६ सय ८१ मतान्तरले पराजित गरेका छन् ।
सबैको चासोको केन्द्र रहेको रुपन्देही–३ को नतिजा सबै भन्दा ढिलो आएको थियो । मूख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बोहराले ३६ हजार ७ सय १७ मत पाए । । यस्तै नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणले ३४ हजार ३६ मत ल्याए ।
प्रदेश सभामा भने मिश्रित परिणाम
प्रदेश सभा तर्फ भने रुपन्देहीमा मिश्रित परिणाम देखिएको छ । प्रतिनिधि सभामा शून्य रहेको नेपाली कांग्रेस प्रदेश सभामा २ स्थानमा बिजयी भएको छ । यस्तै नेकपा एमाले ४, लोसपा २ , जनमत र राप्रपा ले १÷१ स्थानमा जित निकालेका छन् ।
रुपन्देही क्षेत्र नम्बर १(क) मा राप्रपाका आशिष चौधरी (१७,७८५ मत), १(ख) मा नेपाली कांग्रेसका अब्दुल रज्जाक (२२,१८४ मत) विजयी भएका छन् । दुबै जना नया अनुहार हुन् ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा रहेको प्रदेश सभा तर्फको २ स्थानमै एमालेले जित निकालेको छ । रुपन्देही २(क) मा लिला गिरी (१७,६३२ मत) र भोजराज श्रेष्ठ (१६,२९८) विजयी भएका छन् । दुबै जना यस अघि पनि निर्वाचित भएका थिए ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३(क) मा लोसपाका सन्तोष कुमार पाण्डे (१४,९२८ मत ) तथा ३(ख) मा तुलसी प्रसाद चौधरी (१६,३९४मत) विजयी भएका छन् । दुबै जना यस अघि पनि निर्वाचित भएका थिए ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४(क) मा लोसपाकै कन्हैया बनिया (१५,१५५ मत) र ४(ख) मा नेपाली कांग्रेसका वसिउद्दिन खाँन (११,३०५ मत) विजयी भएका छन् । खाँन दोहोरीता बनिया भने नया अनुहार बनेका छन् । क्षेत्र नम्बर ५(क) मा नेकपा एमालेका भुमिश्वर ढकाल (१९,०७८ मत) र ५(ख) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता (१२,९४१ मत) विजयी भएका छन् । ढकाल दोहोरीदा गुप्ता नया अनुहार बनेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.