- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
रुपन्देही जिल्लामा समानुपातिक तर्फ सबैभन्दा बढी नेपाली कांग्रेसले मत ल्याउन सफल भएको छ । जिल्लामा ५ प्रतिनिधि सभा र १० प्रदेश सभा मध्ये २ वटा प्रदेश सभामा मात्रै बिजयी भएको कांग्रेसले समानुपातिकमा भने सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
कांग्रेसले रुपन्देहीमा समानुपातिकतर्फ सबैभन्दा बढी ९१ हजार ५३४ मत ल्याउदा नेकपा एमालेले ७८ हजार ३४९ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ६६ हजार १६९ मतका साथ तेस्रो स्थानमा रहेको छ । जनमत पार्टीले ३७ हजार ३२ मत आएको छ ।
लोसपाको ३१ हजार १९० मत आउँदा राप्रपाको २९ हजार ३ मत आएको छ । माओवादी केन्द्रले १५ हजार १२१ मत मात्र मात्र पाएको छ । एकीकृत समाजवादीले ३ हजार ५५ मत ल्याएको छ । क्षेत्रगत रुपमा क्षेत्र नम्बर १ र ३ मा नेपाली कांग्रेसले बढी मत पाउदा क्षेत्र नम्बर २ र ५मा नेकपा एमालेले तथा क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टीले बढी मत पाएका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.