- श्रीन्यूज ओके रिपोर्टर, काठमाडौं
समानुपातिक तर्फको मतगणना जारी छ । अहिलेसम्म भएको मतगणना अनुसार नेकपा (एमाले)ले साढे २७ लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार शुक्रवार बिहानसम्मको गणनामा एमालेले २७ लाख ७२ हजार ९८५ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले २६लाख त्रिचालिस हजार २९६ मत ल्याएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार १७३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ४१६ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८५ हजार ८८७ मत ल्याउँदा, जनता समाजवादी पार्टीले चार लाख २० हजार ९२८ मत प्राप्त गरेक छन। जनमत पार्टीले तीन लाख ९४ हजार ३४० मत पाएको छ भने नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९४ हजार १८ मत पाएको छ।
नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ६५७, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार २७८, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ४२, हाम्रो नेपाली पार्टीले ५५ हजार ५८७, मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार ५०४ मत प्राप्त गरेका छन्।
राष्ट्रिय जनमोर्चाले ४६ हजार ३४७ मत, नेपाल सङ्घीय समाजवादी पार्टीले ४१ हजार ८०६, नेकपा (माक्सवादी लेनिनवादी) ले ३० हजार, ४११, राष्ट्रिय जनमुक्ति पार्टीले २३ हजार, ४७ , जनता प्रगतिशील पार्टीले १८ हजार, ४८, नेपाल आमा पार्टीले १७ हजार ८३२ मत प्राप्त गरेका छन्।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १७ हजार ७९६, बहुजन एकता पार्टीले १७ हजार ६३, नेपाली कांग्रेस (बीपी)ले १२ हजार ४६७, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले १२ हजार २६३, नेपाली जनता दलले नौ हजार ९७६, नेपालका लागि नेपाली पार्टीले ८ हजार ३९४, नेपाल कम्युनिष्ट पार्टीले सात हजार ९९७ मत ल्याएका छन्।अन्य दलहरुको सात हजार मुनि मत रहेको छ ।
निर्वाचन आयोगका अनुसार अहिले सम्म १ करोड ३ लाख ७९ हजार ३५८ मतगणना भइसकेको छ। प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ।
Get real time update about this post categories directly on your device, subscribe now.