- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
गुरुङ समुदायले आज (१५ पुस)मा ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।
तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो पर्व आज गुरुङ समुदायले तो ल्हो अर्थात बाघ वर्गको बिदाइ गर्दै ‘हि ल्हो’ बिरालो वर्ग को स्वागत गरेर भव्य रूपमा मनाउने गरीन्छ आजका दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन् । तर, उनीहरुले मनाउने ल्होसारको नाम भने फरक–फरक छ । तामाङहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ भने शेर्पा समुदायले मनाउने ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ । सरकारले तमु ल्होसारको अवसरमा आज शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
भैरहवा र वरपरका क्षेत्रमा पनि गुरुङ समुदाय सम्बद्ध बिभिन्न संघसस्थाले यो पर्व मनाउदैछन् । झाकी सहितको र्याली, सास्कृतिक कार्यक्रम, सम्मान,पुरस्कार, खाना उत्सव, खेलकुद लगायतका कार्यक्रम गरीआज यो पर्व मनाइदैछ ।
Get real time update about this post categories directly on your device, subscribe now.