- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
अंग्रेजी वर्षको स्वागतमा रुपन्देहीको लुम्बिनीमा आज सडक खाना महोत्सव आयोजना हुदैछ ।
लुम्बिनी होटल एशोसियसन लुम्बिनीको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२३ को पूर्व सन्ध्या आज डिसेम्बर ३१ तारिखमा (पुस १६ गते शनिबार) सडक खाना महोत्सब तथा सास्कृतिक कार्यक्रम ( फूड फेस्टिभल) आयोजना गर्न गैरहेको र सबै तयारी पुरा भएकोे एशोसियसनका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए ।
लुम्बिनीमै जाऔं, लुम्बिनीमै खाऔं, लुम्बिनीमै रमाऔं, नारा सहित बिगतका वर्षहरुमा जस्तै सडक खाना उत्सवको आयोजना यो पटक पनि भब्यताका साथ हुने सडक खाना उत्सवको यो नवौ संस्करण हो ।
कोरोना संक्रमणले ध्वस्त बनाएको पर्यटन बजार बिस्तारै बामेसर्दै गरेको अवस्थामा सडक खाना उत्सवले यस क्षेत्रमा रौनकता थपिने मात्र नभई अर्थतन्त्र पनि चलायमान हुने अध्यक्ष ज्ञवालीको भनाई छ । लुम्बिनी फूड फेस्टिभलमा १ सय बढी होटल, रेष्टुरेन्ट, लगायतका बिभिन्न स्टल हुने छन् ।
फुड फेस्टिबलमा नेपाली स्वाद त्यसमा पनि स्थानिय संगै थारु, नेवार, मुस्लिम,मगर लगायतका समुदाय र विदेशीमा भारतीय,चाइनिज, थाई, कम्बोडियन, जापानी देशका खानाका परिकारहरुका स्टल रहने सस्थाका निवर्तमान अध्यक्ष मिथुन श्रेष्ठले बताए ।
‘लुम्बिनीको महिलवार बजारमा हुने फूड फेस्टिभलमा बिबिध साँस्कृतिक कार्यक्रम पस्कने समेत आयोजकले बताएका छन् । नवौं संस्करणको लुम्बिनी फूड फेस्टीभलमा लुम्बिनीमा आउने स्वदेशी, विदेशी पर्यटक, स्थानीय भैरहवा, बुटवल र अन्य ग्रामिण बजारबाट मात्र नभई सिमावर्ति भारतीय बजारबाट समेत सहभागी हुन आउने अपेक्षा आयोजकको छ, लखनउ सम्म प्रचार गरेका छौ, उनिहरुले बताए।
फूड फेस्टीभलमा खाद्य परिकारमा पाच तारे होटल साथै स्थानिय एव पाल्पा लगायत छिमेकी जिल्लाका परिकार हरु मात्र नभई स्थानीय घरेलु सामग्री, ह्याण्डी क्राफ्टस , लोकल गार्मेन्टस्का स्टल समेत राखिने र त्यसले सहभागी हुन आउनेलाई थप आकर्षण हुने आयोजक लुम्बिनी होटल संघका महासचिब पुरुसोत्तम अर्यालले बताए । लुम्बिनी बजार महिलवारमा बेलुका ४ बजेदेखि राती १२ बजेसम्म फूड फेस्टीभल आयोजना हुनेछ । सडक खाना महोत्सवका दिन लुम्बिनीमा बास बस्न चाहने आन्तरिक एवं बाह्य पर्यटक लाई आवासमा ३० प्रतिशत विशेष छुट दिइने आयोजकले बताएका छन्।
बुटवलमा सुरु
उता उपमहानगर बुटवलमा शुक्रबार बाट सडकखाना महोत्सव सुरु भएको छ ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा सुरु भएको सडक खाना महोत्सवको यो चौथो संस्करण हो ।
अतिथि देवो भव, नेपाली मौलिक कला संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्धन र रोजगारीको सृजना हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना गरिएको सडक खाना महोत्सवको उदघाटन अघि बुटवलमा जनचेतना र्याली निकालिएको थियो ।
सडक खाना महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपान परिकारको प्रचारप्रसारका साथै बजारीकरण लगायतमा टेवा पुग्ने विश्वास लिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष राम प्रसाद गौतमले बताए ।
बुटवल ९ कालिका पथको तिनकुनेदेखि उत्तरतर्फ नयाँ बसपार्क सम्मको सडकमा पुस १७ गतेसम्म खानामहोत्सव सञ्चालन हुने छ । महोत्सवको पूर्वमन्त्री तथा प्रतिनिधी सभाका सदस्य छविलाल विश्वकर्माले खानाको स्वाद चाखेर एक समारोहका बिच सुरुवात गरे ।
महोत्सवमा यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुबाट उत्पादित विभिन्न परिकाहरुका साथै जिल्लाभित्र र बाहिर विभिन्न जातजातिका खानाका परिकारको प्रदर्शनी तथा बिक्रीवितरण एवं राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागितामा बिबिध सास्कृतिक कार्यक्रम समेत हुनेछ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर संघको आयोजनमा ०७५ साल देखि शुरु गरिएको सडक खाना महोत्सव ०७६ सालमा पनि भव्यरुपमा सम्पन्न गरिएको थियो । तर, ०७६ चैतदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण महोत्सव हुन सकेको थिएन ।
Get real time update about this post categories directly on your device, subscribe now.