• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Saturday, November 8, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः आईएलएस सुचारु हुन नसक्दा उडान प्रभावित

Shree News Ok by Shree News Ok
१७ पुष २०७९, आईतवार ११:२४
1 min read
36 0
35
SHARES
68
VIEWS
  • मनोरञ्जन शर्मा
    भैरहवा ।

प्रविधिमा आधारित अवतरण प्रणालि अर्थात इन्सट्रुमेन्टल ल्यान्डिङ्ग सिस्टम (आईएलएस) सञ्चालन हुन नसक्दा भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले दिनहुँ हवाई उडान प्रभावित भइरहेको छ ।
आईएलएस मेशिन जडान भएर पनि सञ्चालनमा आउन नसक्दा दैनिक आन्तरिक उडान प्रभावित इैरहेका छन् भने अन्तर्राष्ट्रिय उडान समेत रोकिएको छ ।

केही समयदेखि हिमालयन एअरलाइन्सले मलेशियामा चार्टर्ड तथा जेठ २ देखिनै जजिरा एअरवेजले कुबेतमा उडान गर्दै आएका थिए । अहिले दुबैले उडान बन्द गरेका छन् । जजिराले नियमित रुपमा सेडुल फ्लाइट गर्दै आएको थियो तर अहिले बन्द छ, आशा छ छिट्टै उडान सुचारु हुनेछ । हिमालयनले पनि पुनः सुरु गर्ने अपेक्षामा छौं, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोबिन्द दहालले भने ।

नेपाल नागरिक उड्यन प्राधिकरणको २४औं वार्षिकोत्सवको अवसरमा विमानस्थलमा आयोजित कार्यक्रममा आईएलएस सञ्चालनमा ल्याउन नसक्दा समस्या भएको बताएका छन् । आईएलएस सञ्चालनमा आए ८ सय मिटर भिजिबिलिटी भए भैरहवामा विमान अवतरण र उडान सजिलै हुन्छ ।

पुरानो रनवे मार्फत उडान अवतरण गर्दा उडान र अवतरणका लागि आवश्यक प्रकाश (भिजिबिलिटी) १५ सय मिटर भएर पुग्नेमा अहिले आईएलएस सञ्चालन नहुँदा नयाँ रनवे मार्फत उडान अवतरण गर्दा कम्तिमा पनि १८ सय मिटर भिजिविलिटी आवश्यक पर्ने गरेकोछ ।
आईएलएस सञ्चालन अन्य कारणले नभै भारतीय पक्षले अनुमति नदिँदा रोकिएको हो । विमानस्थलमा रहेको आईएलएस प्रणाली सञ्चालनमा ल्याउँदा त्यसका केही (वेभ) तरंगहरुले भारतीय भूमिमा समेत प्रवेश गर्ने र त्यसले त्यहाँ भारतको सुरक्षा लगायतका केही सामरीक महत्वका क्षेत्रमा असर पु¥याउँने भन्दै आईएलएस प्रणाली सञ्चालनमा सहमति दिएको छैन ।

महाप्रबन्धक दहालले यो विषयमा केन्द्रीय कार्यालयबाटनै पहल भइरहेको बताउँदै जति छिटो सञ्चालनमा ल्याउन सकिन्छ सहज रुपमा उडान अवतरण हुन सक्ने बताए । आईएलएसका कारणनै अन्तर्राष्ट्रिय उडानहरु नियमित हुन नसकेकोले तत्काल सञ्चालनमा ल्याउनका लागि कुटनितिक माध्यमबाटै पहल गर्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । तत्काल यो समस्या समाधान गरी पूर्ण रुपमा सञ्चालन ल्याई विमानस्थललाई गति दिनु पर्ने सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए । सबैले पहल गरेर फुल फेजमा उडान सुरुवात गर्ने वातावरण बनाउन उनले आग्रह गरे ।
‘‘आईएलएसको समस्या तत्काल समाधानका लागि पहल गर्नु पर्छ होइन भने यो हिउँदको समयमा उडान गर्न नै समस्या बढ्ने भयो ।’’ सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले भने ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले अन्तर्राष्ट्रिय विमानस्थ बनेर पनि पूर्ण रुपमा सञ्चालन हुन नसक्नु र अन्तर्राष्ट्रिय उडान पनि बन्द हुनु दुखद कुरा भएको बताउँदै समस्या पहलमा राज्यले तत्काल ध्यान दिनु पर्ने बताए ।
पर्यटन व्यवसायी एवम् सोटो नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय बजिमयले आइएलएससंगै एअरकनेकटीभिटी बढाउन थप हवाई रुट तत्काल खोल्नका लागि भारतीय पक्षसँग बार्ता गर्न आग्रह गरे ।

नाटा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले विमानस्थल बनेर पनि पूर्ण रुपमा सञ्चालनमा आउन नसक्नु दुखद पक्ष भएको भन्दै विमानस्थलकै कारण नीजि क्षेत्रले अर्बौको लगानी पर्यटन क्षेत्रमा थप गरेकोले लगानी समेत असुरक्षित भएको बताइन् । आईएलएस सञ्चालन र थप एअर रुट प्राप्त नभए विमानस्थलको भविष्य अन्धकार देखिएको छ ।

यो बिमानस्थलबाट टिआईएमा जस्तै सोहि प्रकारका विमान उडान र अवतरण गर्न सक्छन् । यस विमानस्थलमा अहिलेसम्म भियतनाम, माल्टा, क्यानाडा, स्काईलाइन, ओरट्याक, हिमालयनले चार्टर फ्लाइट गरिसकेका छन् ।
२०२२ मे १६ देखि डिसेम्बर १८ सम्म १५४ अन्तर्राष्ट्रिय उडान अवतरण मार्फत ३१ हजार ६ सय १८ यात्रुले यात्रा गरेका छन् ।

यो विमानस्थलमा उडान अवतरण गर्ने विमानसेवा कम्पनीहरुले अवतरण शुल्क, विसान शुल्क, सञ्चार तथा उड्यन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्षको लागि पूर्ण रुपमा छुट रहेको छ भने नेपाल बायु सेवा निगमले ग्राउण्ड ह्याण्डलिङ्ग सेवा शुल्कमा १ नोभेम्बर देखि ५० प्रतिशत छुट उपलब्ध गराएको छ ।

तत्कालिन भैरहवा विमानस्थल घाँसे मैदानबाट २०२१ सालमा सुरुवात भई ५९ वर्ष पुरा गर्न लाग्दा अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा परिणत भएको छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?