- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
सिद्धार्थनगर नगरपालिकाले चौपाया व्यवस्थापनको नाममा गाईलाई ट्रकको पछाडी बाँधेर घिसार्दैै लगेको तस्बिर बुधवार साँझ सामाजिक सञ्जालमा आएपछि नगरपालिकाका पदाधिकारी, कर्मचारीको व्यापक आलोचना भयो ।
बिहीवार बिहान सो घटनाले सामाजिक सञ्जालमा राम्रै स्थान पाए भने अनलाइनहरुमा समाचार समेत बने । सामाजिक सञ्जालमा देखिएको तस्बिरमा रगताम्मे अवस्थामा गाई रहेको जस्तै देखिन्थ्यो । नगरपालिका खुल्ने बित्तिकै कार्यालय परिसरमै बिरोध प्रदर्शन सुरु भयो ।
नगरपालिकाले उक्त घटनामा समाजलाई नै बिखण्डित गर्ने जस्ता खालका भ्रमित एवं गंभिर आरोपहरु लागे पछि घटनाबारे जानकारी गराएको छ । सो क्षेत्रमा रहेको सीसी क्यामराका फुटेज सहित पत्रकार सम्मेलन गर्दै घटनालाई भ्रमपूर्ण तरिकाले प्रस्तुत गर्दै धार्मिक सामाजिक सद्भाव भडकाउने खालका गतिविधि नगर्न नगरबासीमा आग्रह गरेको छ । सामाजिक सञ्जालमा धेरैले गोरुलाई गाई भनेर अर्थयाए । मेयर मुस्लिम समुदायका भएकाले गाई माथि अत्याचार गरेको आरोप समेत लगाउँदै उयपमेयरलाई हिन्दु भएर घटनाको किन बिरोध नगरेको भन्दै धार्मिक आक्षेप समेत लगाए कतिले । राप्रपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष प्रदीप कुमार उदयले बिज्ञप्तीनै निकालेर नगरपालिकालाई चेतावनी समेत दिए ।
के हो वास्तविकता ?
चौतर्फी आलोचना पछि नगरपालिकाले पत्रकार सम्मेलन गरेर बुधबारको घटनाको सीसीटीभी फुटेज, अहिले साँढेको अवस्थासहितको भिडियो र नगरको धारणा सार्वजनिक गरेको छ । सामाजिक संजालमा देखिएको फोटोमा साँढे पल्टिएको र ट्रकमा बाँधेर घिसारे जस्तो देखिन्छ । तर, मानिसले डो¥याउन नसकेपछि नगरपालिकाको ट्रकमा बाँधेर विस्तारै हिँडाइएको गौचन फेन्सीको छेउमा रहेको अग्लो नाला माथिबाट ट्रक बैंक रोड मोडिने क्रममा ट्रकको गति केही बढ्दा साँढे त्यहीँ एक्कासी बसेपछि ट्रक रोकेर नगरपालिकाका कर्मचारीले फेरि उठाउने प्रयास गरेको सीसीटिभी फुटेजमा देखिएको छ । त्यहि सडकमा साँढे बसेको र ट्रकको साइडलाइट रातो सडकमा टल्कदा रगतजस्तै देखिएको र सोहि क्रममा तस्बिर खिची लतारेर साँढे लगेको भन्दै भ्रम छर्न खोजिएको नगरपालिकाको दाबी छ ।
‘‘उग्र साँढे थियो, हामीले राम्रोसंग लैजान धेरै प्रयास ग¥यौ, कतिजनालाई घाइते बनाएको छ । त्यसैले ट्रकको पछाडी बाँधेर बिस्तारै लैजाने क्रममा साँढे सडकमा बस्दा घिसारेर लगेजस्तै देखिएको हो, साँढेलाई केहि भएकै छैन, जो कोही गएर हेर्न सक्नु हुन्छ ।’’ नगर प्रमुख ईश्तियाक अहमद खानले भने ।
उनले अहिलेसम्म नगरपालिकाले १ सय २६ वटा गाईगोरु व्यवस्थापन गरी गौशाला पठाएको तर उक्त साँढेलाई पठाउन कठिन भएको बताउँदै ‘‘चारपाँच दिनदेखि यही नगरपालिकामा संरक्षण गरेर दानापानी गरेर राखेको र बुधवार गौशाला लैजान खोजेका थियौं तर गलत प्रचारले हामीलाई बद्नाम गर्न खोजियो ।’’, उनले भने ।
नगरपालिकाले राष्ट्रिय गौ संरक्षण तथा अनुसन्धान केन्द्रको सहयोग र केन्द्रका प्रतिनिधिहरुको उपस्थितिमा साँढेलाई गौशालामा लग्न लागिएको बताएको छ । पत्रकार सम्मेलनमा गौ संरक्षण केन्द्रका अध्यक्ष भूपराज भूर्तेलले हिजोको घटनामा नगरपालिकाको गल्ती नभएको तर यसलाई अतिरञ्जित गराइएको बताए ।
‘हिजो हाम्रा प्रतिनिधि पनि हुनुहुन्थ्यो । बाहिर आएजस्तो रक्ताम्य बनाएको, घिसारेको होइन्, यसमा कुनै सत्यता छैन’, उनले भने, ‘हामी र नगरपालिकाको सहकार्यमा नगरभित्रका चौपाया व्यवस्थापन भइरहेको छ ।’ राष्ट्रिय हिन्दु महासंघका केन्द्रीय सदस्य समेत रहेको भूर्तेलले मान्छेलाई हानेपछि विकल्पका रुपमा ट्रकमा बाँधेर हिँडाइएको जनाए ।
उपप्रमख उमा अधिकारीले पनि बाहिर आएको जस्तो साँढेलाई नघिसारिएको बताइन् । उनले नगरपालिकाले एक ढिक्का भएर काम गरेको जनाउँदै धार्मिक द्वेष फैलाउने कुनै पनि गतिविधि आफूहरुलाई मान्ने नहुने बताइन् । ‘‘समाजलाई भड्काउन खोज्नेहरुबाट सचेत रहन उनको आग्रह छ । हामी चौपाया व्यवस्थापनमा लागेका छौं, यहा राम्रो काम देख्न नसक्ने धेरै छन्, हामी नगर विकासमा एकजुट छाैं।’’ उपप्रमुख अधिकारीले भनिन् ।
वडा नम्बर ७ का अध्यक्ष एवं छाडा चौपाया व्यवस्थापन समिति संयोजक दामोदर शर्मा घिमिरेले पछिल्लो समय नगरपालिकाले विभिन्न अभियान चलाइरहेको र यो मन नपराउनेहरुले बद्नाम गर्ने प्रयास गरेको बताए । उनले नगरलाई बद्नाम गराउने, मुस्लिम भनेर नगर प्रमुखलाई गालीगलौज गर्ने, धार्मिक कुराहरु जोडेर भ्रम छर्ने काम रोक्न आग्रह गरे ।
Get real time update about this post categories directly on your device, subscribe now.