- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले सामाजिक उत्तरदायित्व सम्बन्धी बिभिन्न कार्यक्रमहरु सम्पन्न गरेको जनाएको छ । कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व सियसआर अन्तर्गत केन्द्रीय व्यापार विभागबाट प्राप्त टेलिभिजन सेट तथा निःशुल्क फाइबर टु होम (डाटा, फोन र नेटटिभी) सत्य साई वृद्धाश्रम सेवा बालापुर ओमसतिया रुपन्देहीलाई प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक शैलेष बहादुर अमात्यले आश्रम प्रमुख माया खरेललाई हस्तान्तरण गर्दै नेपाल टेलिकमले समाजिक उत्तरदायित्व अन्तरगत यस्ता संघसस्थालाई सहयोग गर्दै आएको जनाए ।
त्यसै गरी नेपाल बाल गृह सैनामैना रुपन्देहीलाई दुरसञ्चार कार्यालय बुटवलका कार्यालय प्रमुख नेत्र खनालले एक कार्यक्रमका बिच बिभिन्न सामाग्रीहरु हस्तानतरण गरेका छन् । प्रा.नि. भैरहवाका उपप्रबन्धक कमल लामिछानेले बुटवलमा अवस्थित श्री साधना महिला विद्यालयलाई सेनेटरी भेण्डिङ्ग मेशिन हस्तान्तरण गरेका छन् । नेपाल टेलिकमले विगतका दिनमा पनि शिक्षा,स्वास्थ्य, सामाजिक क्षेत्र तथा विभिन्न परोपकारी संस्थाहरुमा यस्ता कार्यक्रम गर्दै आइरहेको र भविष्यमा समेत निरन्तर रुपमा यस्ता कार्यक्रमहरु गरिने जनाएको छ ।
आगामी महिना रोल्पा, प्यूठान लगायतका स्थानहरुमा यस्तै प्रकारका सामाजिक कार्यक्रमहरु गर्ने योजना रहेको प्रा.नि.भैरहवाका व्यापार शाखाका प्रशासकीय अधिकृत रामप्रसाद खनालले बताए ।
यस्तै गरी सेवा बिस्तार, चुस्त व्यवस्थापन र ग्राहक सेवामा समर्पित रहि भावी दिशा तय गर्ने उदेश्यले टेलिकम प्रा.नि. भैरहवाले आर्थिक वर्ष ७९।८०को अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रादेशिक निर्देशनालय अन्तर्गतका छ वटै लेखा कार्यालयहरु भैरहवा, बुटवल, पाल्पा, तुलसीपुर र नेपालगंज कार्यालयका कार्यालय प्रमुख, लेखा प्रमुख र विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो । बाँकी अवधिमा कम्पनीको उदेश्य र लक्ष्य पुरा गर्ने सम्बन्धमा विभिन्न विषयहरुको उठान गरिएको थियो । उठेका प्रश्नहरुको विभागीय प्रमुखहरु उपप्रबन्धक कमल लामीछाने, उपप्रबन्धक भगवानराम कलवार, उपप्रबन्धक सुरेन्द्र प्रसाद श्रेष्ठ, प्रमेश त्रिपाठी, प्रशासकीय अधिकृत राम प्रसाद खनालले जवाफ दिएका थिए ।
प्रबन्धक शिवराज खनालले उठेका सम्रग बिषयहरुलाई एकिकृत रुपमा जवाफ दिँदै आगामी दिनमा कार्यालय तथा कर्मचारीहरुले निर्वाह गर्नुपर्ने भुमिकाको विषयमा प्रकास पार्नुका साथै लक्ष्य प्राप्त गर्नमा खेल्नुपर्न भुमिका र रणनीति सम्बन्धमा आवश्यक जानकारी दिए ।
निर्देशन दिएका थिए ।
कार्यक्रममा प्रादेशिक निर्देशक शैलेष बहादुर अमात्यले सबै कार्यालय तथा विभागीय प्रमुखहरुलाई व्यवस्थित तथा जिम्मेवारी बहन गर्न आफूले प्राप्त गरेका अधिकार र जिम्मेवारीहरुलाई बाँडफाँड गर्नुका साथै निश्चित लक्ष्य समेत तोकी प्रा.नि. सभाहलमा कार्यसम्पादन सम्झौता समेत गरे । यसबाट सबै कार्यालय प्रमुखहरु तथा विभागीय प्रमुखहरुको कम्पनी प्रतिको जिम्मेवारी थप हुनको साथै सोही आधारमा मुल्याङ्कन समेत हुने बताइएको छ । प्रादेशिक कार्यालयमा निर्देशक शैलेष बहादुर अमात्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बरीष्ठ व्यापार अधिकृत मणिराम भट्टराईले गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.