- श्रीन्यूज ओके रिपोर्टर
लुम्बिनी ।
जाडो बड्दै जाँदा सबैभन्दा बढी प्रभावित तल्लो वर्गका एवम् गरीबहरु परेका छन् । जाडोले दैनिक कमाई गरी खाने, रिक्सा चालक तथा शारिरीक रुपमा अशक्तहरु प्रभावित भएका छन् । उनिहरुलाई दैनिक खाद्यान्नसँगै न्यानो ओढ्ने कपडाको समेत अभाव भएको छ । यसै क्रममा लुम्बिनी स्थित थाई राजकीय विहार (थाई मोनाष्ट्रि) ले लुम्बिनी र वरपरका क्षेत्रमा रहेका गरीब एवम् शारिरीक रुपमा अशक्तहरुलाई कम्मल वितरण गरेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाको पर्सा, एकला, शिव गढिया पूर्व, पश्चिम शिव गढिया र औरहिया टोलमा रहेका गरीब बिपन्नहरुलाई कम्मल वितरण गरेको हो ।
लामो समयदेखिको शितलहर र चिसोको कारणले आर्थिक रुपमा कमजोर रहेकाहरुलाई उनिहरुलाई कम्मल दिई सहयोग गरेको थाई राजकीय विहारका प्रमुख भिक्षु सुपथले बताए । थाई विहारले स्थानीय आर्थिक रुपमा कमजोर भएकाहरुलाई विभिन्न सहयोग गर्दै आएको छ । विहारले प्रत्येक वर्ष निःशुल्क नेत्र शिविर समेत सञ्चालन गर्दै आएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.