- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा ।
ओमसतिया गाउँपालिकाको वडा नम्बर ६ नरैनापुरमा ओमसतिया कला सँस्कृति महोत्सव २०७९ हुने भएको छ। आयोजक श्री रामजानकी मन्दिर रंगशाला सभाहल व्यवस्थापन तथा संरक्षण समिति ओम सतिया ६ नरैनापुरले बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिँदै माघ १ देखि ३ गतेसम्म कुस्ती महामुकाबला प्रतियोगिता, ५ गतेसम्म झुमडा तथा टिकटक स्टारहरुको प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता तथा बेलुका ६ बजेदेखि बिराहा साँस्कृतिक कार्यक्रमका साथ राष्ट्रिय कलाकारहरुको प्रस्तुति हुने आयोजक समितिका संयोजक तथा ओमसतिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शिव कुमार धवलले बताए ।
नरैनापुर रंगशालामा हुने महोत्सवमा स्थानीय उत्पादनहरुको प्रदर्शन तथा बिक्री, कृषि प्रदर्शन, खाना उत्सव, माघिको अवसरमा खिचडी उत्सव तथा थारु सँस्कृती झल्कने कार्यक्रम समेत हुनेछ। कार्यक्रम मा प्रवेश निःशुल्क हुने तथा स्टल राख्न चाहने हरुले समेत कुनै शुल्क तिर्न नपर्ने आयोजकले बताएका छन्। विगतमा २०७५ सालदेखि हुँदै आएको महोत्सव बिचमा १ पटक कोरोनाको कारणले हुन सकेको थिएन । महोत्सवको यो चौथो सँस्करण हो ।
महोत्सवमा कुल २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ। महोत्सवबाट बचत रकमले एम्बुलेन्स खरिदमा प्रयोग गरिने र एम्बुलेन्स खरिदमा सहयोगका लागि महोत्सव स्थलमा दान पेटिका पनि राखिने आयोजक्ले बताएका छ्न्।
Get real time update about this post categories directly on your device, subscribe now.