• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Friday, November 7, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

आईएलएस सञ्चालन हुन नसक्दा अन्तर्राष्ट्रिय उडान १ महिनादेखि स्थगित

Shree News Ok by Shree News Ok
५ माघ २०७९, बिहीबार २३:३५
1 min read
54 0
52
SHARES
102
VIEWS
  • मनोरञ्जन शर्मा
    भैरहवा ।


कम प्रकाशमा पनि उडान तथा अवतरण गर्न मिल्ने प्रविधि आइएलएस (इन्ष्ट्रुमेन्टल लेन्डिङ्ग सिष्टम) जडान भएर पनि सञ्चालन हुन नसक्दा भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान १ महिनादेखि हुन सकेको छैन् । आईएलएस सञ्चालन गर्दा त्यसको तरंग (वेभ)ले भारतीय भू–भाग समेत छुने भएकोले भारतको अनुमति नहुँदा आईएलएस सञ्चालनमा आउन नसकेको हो ।

भैरहवा विमानस्थलबाट कुवेतको जजिरा एअरवेजले नियमित उडान र हिमालयन एअरलाईन्सले चार्टर उडान भर्दै आएको थियो । जजिराले गत जेष्ठ २ गतेबाट कुबेतमा नियिमत उडान गर्दै आएकोमा पौष ३ गतेदेखि उडान स्थगित गरिएको जानकारी पत्र पठाएको र हिमालयन एअरलाइन्सले प्राविधिक समस्याका कारण केही समयका लागि उडान स्थगित गरेको पत्र पठाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोबिन्द दहालले बताए ।

जाडो याममा शितलहर सुरु भएसँगै विमान अवतरणमा समस्या भएपछि अन्तराष्ट्रिय उडान हरु स्थगित भएको हो, एक महिना भयो, उडान बन्द गरेको नभई स्थगित गरेका हुन्, मौसम सफा भएसँगै नियमित उडान गर्ने जानकारी एअरलाइन्स कम्पनिले दिएका छन्, महाप्रबन्धक दाहालले भने ।
आईएलएस उपकरण जडित छ, तर सञ्चालनमा छैन । सञ्चालन नहँुदा समस्या भएको हो । आईएलएस सञ्चालनमा ल्याउन सके ६०० लेखि ७ सय मिटर भिजिबिलीटीमा पनि उडान अवतरण हुन सक्छ, दहालले भने आईएलएस उपकरण सञ्चालनको विषयमा केन्द्रीय कार्यालयमा जानकारी भैसकेको र दुई देश बिचको कुरा भएकाले माथिबाटै समाधानको टुंगो लाग्ने उन्ले बताए ।

 

कम भिजिबिलिटी (खराब मौसम) मा पनि विमान उडान–अवतरण गर्न सकिने क्याटोगरी–१ को आइएलएस (इन्सट्रुमेन्ट ल्याडिङ्ग सिस्टम) उपकरण विमानस्थलमा जडान छन् । तर, आइएलएस सुचारु गर्दा उक्त उपकरणको वेभ केही भारतीय भूमिमा पनि पुग्ने गर्दछ । त्यसैले यो सञ्चालनका लागि नेपाल–भारत बीच सहमती हुन आवश्यक छ । जुनहुन सकेको छैन । भारतले अनुमति दिएको अवस्थामा खराब मौसममा पनि आइएलएसको सहायतामा विमानहरु सहजै अवतरण गर्न सक्नेछन् । अन्य मौसममा भन्दा विशेष गरी आइएलएसको सहायताले जाडोयाममा कम प्रकाश हुँदा पनि अबतरण र उडान सजिलै हुन सक्छन्, झाले भने ।

पर्याप्त प्रकाश (भिजिबिलिटी) मौसम खराबीका कारण तीन पटक अन्तराष्ट्रिय उडान भारतको लखनउ विमानस्थलमा डाइभर्ट भइसकेको छ । अहिले उडानपूर्ण रुपमा बन्द भएको बाहिर आएको छ, यो हल्ला निराधार हो, दिउँसो मौसम सफा भएकोले अहिले विदेशबाट चार्टर्ड जहाज आइरहेका छन् । अघिल्लो हप्ता पनि भियतनामको चार्टर्ड जहाज आएको थियो, महाप्रबन्धक झाले भने । जजिराले पनि गरेको विमान अवतरण भएको छ ।’

नियमित उडान भर्ने जजिराले एका बिहानै अवतरण र उडान गर्ने तालिका भएकोले जाडोयाममा सोही समयमा हुस्सु–कुहिरो लाग्नाले समस्या उत्पन्न भएको उनले बताए । उनका अनुसार उडान स्थगित भएको जजिराको यही माघ ३ गतेदेखि नियमित उडान भर्ने तालिका विमान स्थल कार्यालयलाई उपलब्ध भएको छ ।

गौतम बुद्ध विमानस्थलबाट पौष ३ गतेदेखि उडान स्थगित भएको जजिरा एअरवेजले भने टिकट बुकिङ्ग गरिसकेका यात्रुहरुलाई भैरहवाबाट काठमाडौं लगेर त्रिभुवन अन्तराष्ट्रियबाट सेवादिइरहेको जनाएको छ । ‘‘मौसम अनुकुल नभएकै कारण गौतम बुद्धबाट उडान स्थगित गरेका हौँ’ जजिरा एअरवेजको नेपाल अपरेशन प्रमुख संगिता रौनियारले फोन मार्फत भनिन्, ‘मौसम अनुकुल भए लगत्तै गौतम बुद्धबाट उडान सुरु गर्ने अवस्थामा छौँ ।’ उनका अनुसार मौसम अनुकुल नभएको समयमा पनि एक÷दुईवटा फ्लाइट अवतरण गर्ने प्रयास गरिए पनि सफल नहुदाँ भारतको लखनउमा अवतरण गर्नुपरेको थियो । जसले विमान कम्पनी र यात्रु दुबैले समस्या झेल्नु परेको थियो ।

‘बाहिर अनावश्यक रुपमा अनेकन कुरा आइरहेका छन् तर हामी गौतमबुद्धबाट उडान भर्ने तयारी अवस्थामा छौँ’ उनले भनिन्, ‘मौसमले गर्दा मात्र समस्याभएको हो, यदि गौतम बुद्धबाट कम्पनीको उडान भर्ने इच्छा नै छैन भने हामीले डिक्लियर गरिसक्थ्यौँ तर हामीले त्यसो गरेका छैनौँ ।’

विमान स्थलमा क्याटोगरी–१ को आइएलएस उपकरणहरुका साथै क्याटोगरी–२ का उपकरण पनि प्रयोग गरिएको छ । आइएलएस क्याटोगरी–१, क्याटोगरी–२, क्याटोगरी–३ को ए, बी, सि उपकरणले पनि क्रमशः खराब मौसममा पनि विमानलाई उडान–अवतरण गर्नमा सहजताप्रदान गर्ने हो । क्याटोगरी–२ मा केही थप उपकरणजडान गरेर खराब मौसममा पनि विमान स्थल संचालन गर्न सकिने विषय भए पनि आइएलएस सुचारु गर्दा भारतको भूमिमा रेन्जपुग्ने हुदाँ उक्त कार्य नगरिएको उनले बताए । अनुमतिविना उक्त कार्य गरिएमा विमान दुर्घटना वा कुनै समस्याको क्षतिपूर्तिको दावी गर्न नमिल्ने उनी बताउँछन् ।

गौतम बुद्धबाट उडान भर्नका लागि २०÷२५ वटा मुलुकका विमान कम्पनीहरुले छलफल गरेका छन् । तर सुविधा, सुरक्षा, नाफा लगायतका विषयमा कुनै न कुनै कमीभएकोले तत्कालै उडानभर्न इच्छुक नदेखिएको विमानस्थल कार्यालयका एक कर्मचारीले बताए ।

 

विमानस्थललाई लक्षित गरी भैरहवामा अर्बौ रुपैयाँ लगानी भइसकेको छ । तर, यस विमानस्थलबाट विदेशी कम्पनी जजिरा एअरवेजले नियमित उडान भरिरहँदा राष्ट्रिय ध्वजाबाहक नेपाल एअरलाइन्सले उडानप्रति चाँसो नदिदाँ यहाँका पर्यटन लगायत व्यवसायीहरु रुष्ट छन् । गौतमबुद्धलाई उकास्नका लागि विदेशी कम्पनीले चाँसो व्यक्त गर्दै उडान भरिरहँदा अहिलेसम्म राष्ट्रिय ध्वजाबाहक नेपाल एअरलाइन्सले यहाँबाट अन्तराष्ट्रिय उडान नभर्दा आफूहरु आश्चर्यमा परेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपाने बताउँछन् ।
‘गौतमबुद्धमा अहिलेसम्म जजिरा र हिमालयन मात्र आएको अवस्था छ, अन्य विदेशी कम्पनी ल्याउन नसक्नुमा राज्यको कमजोरी हो’ उनलेभने, ‘विदेशी कम्पनीन आएको अवस्थामा अर्बौ लगानीमा निर्माण भएको विमान स्थलर यो क्षेत्र चलायामन बनाउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल एअरलाइन्सले भए पनि उडान भर्नुपर्छ ।’

उनले विमानस्थलबाट नेपालए अरलाइन्सको सेवा सुचारु गरेपछि अन्य विदेशी विमान कम्पनीहरु पनि आउने सम्भावना रहेको बताए । विमानस्थलमा देखिएका समस्याहरु राज्यले समाधान गर्नुपर्ने बताउँदै पूर्ण रुपमा विमानस्थल सञ्चालनका लागि जनस्तरबाट दवावका कार्यक्रम सुरु गर्ने तयारी भइरहेको उनले बताए ।

गत सात महिनामा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट १ सय ५४ वटा अन्तराष्ट्रिय उडान–अवतरणभएको भएको विमानस्थल कार्यालयले जनाएको छ । उक्तअवधिमा १३ हजार ५ सय ९३ जना यात्रु विदेशीबाट आएको र १८ हजार २५ जनायात्रुहरु गएको गरी ३१ हजार ६ सय १८ जनायात्रुले सेवा लिएकाछन् ।

 

एअर रुट सिधा नभएको, बी ३४५ टु वे हुन नसक्नु हाल वान वे मात्रभएको, नो अब्जेक्सन लेटर भारतीयनागरिकलाई विमान स्थलबाट अन्तराष्ट्रिय उडान गर्नका लागि आवशयक पर्नेमा सो नभएको, आइएलएस संचालनमा ल्याउन समस्या भएको जस्ता विमानस्थल संचालनमा मुख्य चुनौती देखिएको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?