श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) लुम्बिनी प्रदेशले गत माघ १ गते पोखरामा भएको हवाई दुर्घटनामा परी ज्यान गुमाउनेहरुको सम्झनामा द्विप प्रज्वलन एवं श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
भैरहवाको बुद्धचोकमा विहीवार बेलुका मृतकहरुलाई स्मरण गर्दै ७२ वटा दिप प्रज्वलित गरिएको नाटा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताइन् ।
द्विप प्रज्वलन एवं श्रद्धाञ्जली कार्यक्रममा नाटा लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष बिष्णु प्रसाद शर्मा, प्रदेशका पदाधिकारी, पर्यटन व्यवसायी, संचारकर्मी, लगायतको उपस्थिति थियो ।
माघ १ गते एती एअरको काठमाडौंबाट पोखरा आइरहेको विमान अवतरणको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती नदीको खोचमा दुर्घटना ग्रस्त हँुदा चालकदलका ४ सहित ७२ जनाको दुखद निधन भएको थियो । दुर्घटनामा चालकदलका ४ सहित ५८ नेपाली, ५ भारतीय, ४ रसियन, २ कोरियन तथा बेलायत, अष्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक एक जना नागरिक परेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.