श्रीन्यूज ओके रिपोर्टर, भैरहवा ।
टुगा आस्था विकास बचत तथा ऋण सहकारी सस्थाले लुम्बिनी प्रेस क्लब भैरहवाका नवनिर्वाचित कार्यसमितिलाई स्वागत सम्मान एवं परिचयात्मक कार्यक्रम आयोजना गरेको छ । सहकारी संस्थाले शनिवार भैरहवामा स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना गरेको हो ।
सम्मान एवं परिचयात्मक कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष डी.बी. थापाले सहकारी संस्था र सञ्चार क्षेत्रबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताए । उनले लुम्बिनी प्रेस क्लबको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहकार्य गरी अघि बढने बताए । ‘आस्था विकास बचत तथा ऋण सहकारी संस्थाले भैरहवामा सेवा केन्द्र स्थापना गरिसकेको छ ।’ ओमसतिया गाउँपालिका वडा नम्बर १ कटैयामा केन्द्रीय कार्यालय रहेको यो सहकारी संस्थाको ठुटीपीपल, कोटिहवा र भैरहवा गरी ३ वटा सेवा केन्द्र रहेको अध्यक्ष थापाले जानकारी दिए ।
लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थासँग क्लबले सहकार्य गर्दै अघि बढ्ने बताइन् । उनले सहकारीले सञ्चारकर्मीसँग सहकार्य गर्दै आएको र विभिन्न कार्यक्रमहरुमा सहभागीता गराउँदै आएको बताइन् । उनले भनिन्, ‘‘क्लब र सहकारीबीच सम्बन्ध अझ प्रगाढ बन्दै गएको छ ।’’
सहकारीका मुख्य प्रबन्धक लक्ष्मण कुमार थापाले सहकारी समुदायमा आधारित छ कि छैन भन्ने कुरा सञ्चार माध्यमबाट पनि आम सर्बसाधारणलाई बुझाउन सके अझै राम्रो हुने भन्दै केही आयातित सहकारीका कारण सर्वसाधारण मारमा परेको बताए ।
टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डी.बी. थापाको अध्यक्षता, लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माको प्रमुख आतिथ्यता, सहकारीका उपाध्यक्ष परसुराम बाँस्तोलाको स्वागत, मुख्य प्रबन्धक लक्ष्मण कुमार थापाको धन्यवाद ज्ञापन तथा प्रेस सल्लाहकार मनोरञ्जन शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.