- श्रीन्यूज ओेके रिपोर्टर, भैरहवा ।
बुद्ध जन्मस्थल लुम्बिनीमा मंगलबारदेखि राम कथा ‘मानस – बुद्धत्व’ प्रवचन सुरु भएको छ । भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापूले कथा वाचन सुरु गरेका हुन् । फागुन ३ गतेसम्म चल्ने कथा वाचनमा नेपाल, भारतसहित विश्वभरका धार्मिक एवं आध्यात्मिक भक्तजन सहभागी भएको आयोजक राम कथा प्रेमयज्ञ समिति, लुम्बिनीका संयोजक राजेश कुमार अग्रवालले बताए ।
लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभा हलमा प्रवचन सुरु भएको हो । बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलोपल्ट भएको प्रवचनले लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा थप प्रचारप्रसार पुग्ने एवं प्रबद्र्धनमा टेवा पुग्ने जनाईएको छ । नौ दिनसम्म चल्ने प्रवचनमा नेपालबाहेक भारतलगायत विश्वभरका दुई हजार बढी श्रद्धालु लुम्बिनी आएको संयोजक अग्रवालले जनाए । कथा वाचनले लुम्बिनी क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने छ, कोरोनाका कारण सुस्ताएको यहाको पर्यटन क्षेत्रमा थप टेवा समेत पुग्ने छ, अग्रवालले भने । आध्यात्मिक गुरु मोरारीको लुम्बिनीमा भइरहेको राम कथा प्रवचन ९१२ औँ हो । यसअघि उनले ९११ औं कथा वाचन गरिसकेका छन् ।
नेपालमा यसअघि सन् २०२१ मा मुक्तिनाथ, २०२२ मा जनकपुरमा कथा वाचन भइसकेको छ । त्यसअघि काठमाडौं र भुसुण्डी सरोवर तिलिचो तालमा पनि कथा वाचन भएको थियो । बुद्धले ज्ञान प्राप्त गरेको बोधगया, पहिलो पटक आप्mना शिश्यलाई ज्ञान उपदेश दिएको सारनाथ तथा महापरिनिर्वाण भएको स्थान कुशिनगरमा समेत कथाबाचन भैसकेको छ । जुन स्थानमा कथा बाचन हुन्छ त्यस क्षेत्रको आध्यात्मिक एवं अन्य महत्वलाई रामकथामा जोडेर बाचन गरीने भएकाले पनि रामकथा बाचन कार्यक्रमको आप्mनै महत्व रहेको छ ।
लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराइने छ । ‘‘साँचो प्रेम र करुणा” को सन्देश लिएर विश्व यात्रामा रहेका बापूले सबै धर्मका प्रमुख तीर्थ स्थलहरु एवम् प्रमुख स्थानहरुमा प्रवचन गर्दै आएको संयोजक अग्रवालले बताए ।
कार्यक्रममा आउने श्रद्धलुलाई निःशुल्क भोजन गराइए पनि बास बस्नका लागि भने स्वयं श्रद्धालुले आफै व्यवस्थापन गरेका छन् । “दुई हजार श्रद्धालुले आफै खर्च तिरेर होटलमा बस्दा पक्कै पनि होटल व्यवसायीलाई लाभ संयोजक अग्रवालले बताए “कति श्रद्धालु पहिलो पटक लुम्बिनी आउनुभएको छ, उहाँहरुले लुम्बिनिका बारे प्रचारप्रसार गर्दा पक्कै पनि भोलिका दिनमा लुम्बिनीमा पर्यटकको आगमन बढ्ने छ , उनले भने ।
रामकथा बाचन लुम्बिनीमा आयोजना हुदा बिश्वभरका आध्यात्मिक ब्यक्तीहरुको ध्यान लुम्बिनीमा आकृष्ट हुने र आध्यात्मिक गुरुले आफना अनुयायीहरुलाई लुम्बिनी भ्रमण गर्न समेत अभिप्रेरीत कथाबाचन मार्फत गर्ने हुदा यो कार्यक्रम निकै महत्वपुर्ण रहेको पर्यटन व्यवसायी एवं लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए । आयोजक कमिटी सदस्य कृष्णकुमार जालानले लुम्बिनी क्षेत्रका लागि यो कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको बताए । यसअघि सन् २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगीत भएको थियो । कार्यक्रमको चर्चित भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० बढी देशमा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ ।
रामकथा प्रवचन सुरु अघि सोमबार पहिलो पटक लुम्बिनीमा आएका वापूले मायादेवि मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको अवलोकन एवं जानकारी लिएका थिए । सिद्धार्थ जन्मेपछि आमामायादेवीले नुहाइदिएको पबित्र पुष्पकरणी पोखरीको जल छुदै बापुले ढोगेका थिए ।
उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको आगन्तुक पुस्तिकामा बुद्धजन्मस्थलमा आउन पाउँदा एकदमै शौभाग्यशाली अनुभव गरेको लेखेका छन। पवित्र पावनधाममा आउन पाउँदा अन्त्यतै खुशि र शान्ति मिलेको छ । परम पावन धाममा आउनाले परम मौन, परम शांति र परम आनंदको अनुभूति भईरहेको छ । म आफूलाई एकदम शौभाग्यशाली अनुभव गर्दैछुझ सन्त वापूले मन्दिर परिसरमा दीप प्रज्जवलन समेत गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.