श्रीन्यूज ओके रिपोर्टर, भैरहवा ।
सडक छेउमा रहेका विद्युत तथा टेलिफोनका पोलहरु मार्फत टाँगिएका तारहरुलाई व्यवस्थित गर्न सिद्धार्थनगर नगरपालिकाको कार्यालयले सम्बन्धित कार्यालयहरुलाई सचेत गराएको छ ।
नगरपालिकाले ति कार्यालयहरुलाई पत्राचार गरेर सात दिन भित्र पोलका तारहरु व्यवस्थित गर्न अल्टिमेटम दिएको छ । पोलमा यत्रतत्र टाँगिएका इन्टरनेट, केबलटिभी, विद्युत र टेलिकमका तारले नगरको सौन्दर्यकरणमा प्रभाव परेको साथै बजार क्षेत्र समेत कुरुप देखिएकोले पोलमा टांगिएका तारहरुको व्यवस्थित गर्न सम्बन्धित कार्यालयहरुलाई पत्रचार गरेर अनुरोध गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुखइश्तियाक अहमद खानले बताए ।
पोलमा सम्बन्धित कार्यालयले वर्षौदेखि यत्रतत्रतार टाँग्दै आएको तर व्यवस्थित गर्न तर्फ चासो नदेखाउँदा शहर नै कुरुप देखिएको छ । उक्ततारहरुमा चराले गुँड समेत बनाउने गरेका छन् । सबैभन्दा बढी तार इन्टरनेट एवं केबल टिभी प्रदायकहरुको रहेको छ । ‘‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्डली’ सिटी बनाउने हाम्रो अभियान नै हो’, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले भने, ‘सोही अभियान अन्र्तगत नै पोलमा यत्रतत्र टांगिएका तारहरु पनि व्यवस्थित गर्न लागिएको हो ।’
‘उक्त समयावधीमा पनि सम्बन्धित कार्यालयबाट अव्यवस्थित तारहरुलाई व्यवस्थितन गरिएमा नगरपालिकाको कार्यालय आफै व्यवस्थित गर्न तर्फ लाग्छ’, सिद्धार्थनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भने, ‘त्यस क्रममा सम्बन्धित सेवाग्राहीहरुलाई असुविधा परेमा सम्बन्धित कार्यालय नै जिम्मेवार रहने छ ।’
पोलमा यत्रतत्र टांगिएका तारहरु व्यवस्थित गर्न पटकपटक सम्बन्धित कार्यालयलाई मौखिक रुपमा आग्रह गर्दा पनि व्यवस्थित नभए पछि कार्यालयबाट पत्रचार गरेर ७ दिन भित्रमा व्यवस्थित गर्न आग्रह गरेको नगरप्रमुखका प्रेस सल्लाहकार सलमान खानले बताएका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.