- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको ४७औं जिल्ला सभाको अधिवेशनबाट रुपन्देही शाखा सभापतिमा दिपक क्षेत्री न्यौपाने निर्वाचित भएका छन् । अध्यक्षमा न्यौपाने निर्विरोध निर्वाचित हुदा पदाधिकारीमा मन्त्री बाहेक सबै पदमा निर्विरोध भएको निर्वाचन अधिकारीले जनाएका छन् ।
महिला उपसभापतिमा रुपमा कुमारी हिराच, उपसभापतिमा मित्रलाल न्यौपाने तथा मन्त्रीमा रामचन्द्र उपाध्याय(निर्वाचित) भएका छन भने कोषाध्यक्षमा (शुशिल गुरुंग, उप मन्त्रीमा अर्जुनराज उपाध्याय, सहकोषाध्यक्षमा दिनेश पन्थी निर्विरोध निर्वाचित भएका छन् ।
त्यसै गरी ३ महिला सदस्य पदमा पनि साबित्री सोमरे, हिमा बेलबासे, जानकी घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
उता सदस्य पदमा भने निर्बाचन भएको छ । निर्वाचनमा सँिन्जब शर्मा रेग्मी, अल्ताब हुसेन खान, बेन बहादुर पौडेल, निरञ्जन पाठक,महेन्द्र कुमार श्रेष्ठ, सुदर्शन प्रसाद नेपाल र टेक बहादुर थापा निर्वाचित भएका हुन् ।
शाखा अधिबेशन बुधवार सम्पन्न भएको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.