श्रीन्यूज ओके रिपोर्टर, भैरहवा ।
सामाजिक अभियन्ता एवम् लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरका अध्यक्ष मंगल भण्डारीलाई नेपाल रेड्क्रस सोसाइटी रुपन्देहीद्वारा स्थापित बामदेव जोशी स्मृति पुरस्कार २०७९ प्रदान गरिएको छ। उनलाइ रेडक्रस रुपन्देहीले आफ्नो ४७औं साधारणसभा तथा अधिवेशनका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा कदरपत्र सहित सम्मान गरिएको हो । उनलाई प्रमुख अतिथि लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान, रुपन्देही रेडक्रसका सभापति प्रेमलाल उदासले कदरपत्र एवम् दोसल्ला ओढाई सम्मान गरेका हुन् । भण्डारीले आफ्नो निजी श्रोत साधनको प्रयोग गरी आफ्नो ज्यान जोखिममा राखी सयौ कोभिड सन्क्रमित बिरामिलाई अस्पतालमा पुर्याइ जिवन बचाउने कार्य गरेका थिए।
सम्मानले आफूलाई समाजमा थप सामाजिक कार्य गर्न प्रोत्साहन मिलेको भण्डारीले बताएका छ्न्।
Get real time update about this post categories directly on your device, subscribe now.