- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
सिद्धार्थनगर नगरपालिकाकी पूर्व उपप्रमुख उमा काफले भैरहवा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा भर्ना भई अध्ययन सुरु गरेकी छिन् । उनि भर्ना भई अध्ययन सुरु गरेपछि उमेरले पढने रहरलाई छेकदैन भन्ने प्रमाणित गरेको छ । मेरो पढने मात्र होइन पढ्न बन्चित भएकाहरु, अवसर नपाएकाहरुले पनि पढन पाउन भन्ने इच्छा हो । ‘‘म नगर उपप्रमुख हुँदा पनि यो शिक्षाको विषयमा अति गम्भिर थिए र अहिले पनि छु ।’’ पूर्व उप प्रमुख काफ्लेले भनिन् ।
‘‘म आफैले यो उमेरमा पढ्ने मात्र होइन अरुलाई पढाउने पनि धोको हो ।’’ उनले थपिन् । काफ्लेले सिद्धार्थनगरका बिभिन्न विद्यालयहरुमा छात्रवृत्ति स्थापना गरी त्यसबाट आउने ब्याज गरिब तथा जेहेन्दार छात्रछात्रालाई प्रदान गरी अध्ययनमा सहजता ल्याउने काम गर्दै आएकी छिन् । उनले भैरहवाको भानु मावि, भैरहवा नमूना मावि लगायतका विद्यालयमा छात्रवबृत्ति स्थापना गरेकी छिन् ।
भैरहवा माविमा स्थापना गरेको छात्रवृत्ति सोहि विद्यालयमा कक्षा ११मा बिज्ञान बिषय लिएर पढने बिपन्न एवं जेहेन्दार छात्रछात्रालाई प्रदान गर्ने व्यवस्था मिलाएकी छिन् । विद्यालयमा उन्ले आफ्ना मातापिता मायादेवी तथा पुनाराम खनाल स्मृति अक्षयकोष स्थापना गरेकी छिन् । त्यसै गरी भानु मावि,रुपन्देही क्याम्पस, नवदुर्गा मावि सिनपा ४ मा पनि छात्रवृत्ति स्थापना गरेकी छिन् । अन्य विद्यालयहरुमा पनि स्थापना गर्ने सोच छ । ‘‘कम्तिमा जेहेन्दार विद्यार्थीहरुलाई पठनपाठनमा सजिलो होस् भन्ने उद्धेश्य हो, सबैले सहज तरिकाले पढन पाउनु पर्छ ।’’ उनले भनिन् ।
Get real time update about this post categories directly on your device, subscribe now.