- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
शुद्धोधन गाउँपालिका कार्यालय रुपन्देहीको प्रमुख प्रशासकीय अधिकृतलाई घुस लिदालिदै समातिएका छ्न् । उनि सहित अन्य २ जनालाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले घुस रकमसहित नियन्त्रणमा लिएको हो । गाउँपालिका कार्यालयको चमेना गृहमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरले ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीले न्यूज ओकेलाइ जानकारी दिए ।
गाउँपालिकाका रहेको नदीबाट नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरुलाई घुससहित नियन्त्रणमा लिइएको उनले बताए । पक्राउ परेकालाई नियन्त्रण्मा लिएर थप अनुसन्धान भइरहेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ मरासिनी केही समय अघि मात्र सुद्धोधन गाउँ पालिकामा सरुवा भइ आएका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.