- श्रीन्यूज ओके रिपोर्टर,
चिवाभञ्ज्याङ् (सिक्किम ),२३ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा नेपाल–भारत सिमानाका चिवा भञ्ज्याङ्मा वृक्षरोपण गरिएको छ । चिवा भञ्ज्याङ् नेपालको पाँचथर र भारतको सिक्किम राज्य जोड्ने उच्च पहाडी क्षेत्र हो । हिमालय फाउण्डेशन सिक्किमको आयोजनामा भएको वृक्षरोपणमा लुम्बिनी प्रेस क्लव तथा सिक्किम प्रेस क्लबका सन्चारकर्मीले लालिगुराँस फुलको बिरुवा रोपण गरेका थिए ।
वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै सिक्किम सरकार जलश्रोत बिभागका सल्लाहकार पेमा शेर्पाले नेपाल–भारत सिमानाकाको उच्च पहाडी क्षेत्रमा विश्व वातावरण दिवसको दिन वृक्षरोपण गर्न पाउनु खुशीको कुरा रहेको भन्दै सिक्किम सरकारको एक सन्तती एक वृक्ष कार्यक्रमनै रहेको बताए । उनले रोपिएको बिरुवा जोगाउनु पनि रोप्नु भन्दा पनि ठूलो काम रहेको बताए । दुबै देशको सिमानाकामा वृक्षरोपण त्यो पनि दुबै देशका सन्चार्कर्मीको सहभागितामा आयोजना हुनु निकै राम्रो एवम् एतिहाँसिक काम भएको शेर्पाको भनाई थियो । आयोजक संस्था हिमालय फाउण्डेशनका अध्यक्ष गणेश याङ्मा राईले आफ्नो संस्थाले सिक्किम सरकारले सुरु गरेको एक सन्तती एक वृक्ष कार्यक्रम सफल पार्न हर सम्भव साथ दिएको र यहि कार्यक्रमलाई साथ दिँदै विश्व वाताबरण दिवस्को दिन नेपाल–भारत सिमानाका चिवा भञ्ज्याङ्ममा दुबै देशका सन्चारकर्मी सम्मिलित गरी लालिगुराँसको बिरुवा रोपिएको बताए ।
हिमालय फाउण्डेशनले वृक्षरोपण गर्ने मात्र नभई रोपिएको बिरुवा संरक्षण गर्नेमा समेत जोड दिए । वातावरण जोगाउन वृक्षरोपण अनिवार्य रहेको भन्दै भावी सन्ततीलाई सुरक्षित राख्न पनि वातावरण सुरक्षित राख्नु पर्ने र वातावरण सुरक्षित राख्न बोटबिरुवा जोगाउनु पर्छ, उनले भने । बढ्दो तापमान, जङ्गलमा हुने डढेलो, बोटबिरुवा रुखको चोरी कटानी, लगायतले वातावरण पर्यावरण बिग्रेकोले वृक्षरोपण बढी भन्दा बढी गरी बिरुवा हुर्काइ पर्यावरण एवम् वातावरण जोगाउनु पर्छ, बन जङ्गल रुख बिरुवा हरियाली भए सबै वातावरण ठिक हुन्छ, अध्यक्ष राइले बताए ।
वृक्षरोपण कार्यक्रममा सन्चारकर्मी एव लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले वातावरण जोगाउनु सबैको कर्तव्य रहेको भन्दै आआफ्नो ठाउँबाट सबैले मिलेर काम गरे वातावरण जोगाउन सकिने बताइन् । वातावरण दिवसमा नेपाल–भारत सिमानाकामा वृक्षरोपण गर्ने अवसर एतिहाँसिक भएको बताइन् । वृक्षरोपण कार्यक्रममा लुम्बिनि प्रेस क्लबका निवर्तमान अध्यक्ष नरेस केसी, कोषाध्यक्ष राधेश्याम विश्वकर्मा, सल्लाहकार मनोरञ्जन शर्मा, शारदा मल्ल, सिक्किम प्रेस क्लबका महासचिव डिल्लिराम दुलाल, कोषाध्यक्ष अम्मर गुरुङ , हिमालयन प्रेस क्लब दार्जिलिङका गोपाल लाबर, प्रेस क्लब अफ गेल्जिङका सदस्य लगायतले लालिगुराँस फुलको बिरुवा रोपेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.