- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा, ११ असार ।
बुद्धजन्मस्थल लुम्बिनीसहित वरपरका बौद्ध जीवनीमा आधारित स्थलहरुको प्रचार गर्दै श्रीलंकन बौद्धिष्टहरुलाई भ्रमणको निम्तो दिन सिद्धार्थ होटल संघ नेपाल (शान) को टोलि श्रीलंका हिडेको छ । सेल्स मिसन कार्यक्रम १२ असारदेखि १७ असारसम्म छ । संघले भैरहवामा पत्रकार सम्मेलन मार्फत सेल्स मिसन कार्यक्रमको जानकारी गराउँदै सोमबार प्रस्थान गरेका हुन् ।
स्थलमार्ग हुँदै बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने सबै भन्दा बढी तेश्रो मुलुकको पर्यटकमा श्रीलंकनहरु रहेका छन् । कोरोना कहर सुरु हुनु अघिसम्म वार्षिक ५० हजारको हाराहारीमा श्रीलंकन पर्यटक आउने गरेकोमा अहिले निकै न्यून श्रीलंकन पर्यटकहरु आएका छन् । ‘‘६ दिनको श्रीलंकाको कार्यक्रममा हामीहरुले कोलम्बो र केन्डी शहरमा प्रचारात्मक अभियानका कार्यक्रम गर्नेछौं ।’’ सिद्धार्थ होटल संघ नेपाल –शान) का अध्यक्ष श्रीलंका सेल्स मिशन कार्यक्रमका लिडर चन्द्र प्रकाश श्रेष्ठ (सिपी) ले भने ।
‘‘अहिले वातावरण सहज छ, हामीसँग भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल पनि छ, बजेट अनुसारको होटलहरु पनि छ, श्रीलंकनहरु लुम्बिनी भ्रमणमा आउनुस्, हामी स्वागत गर्न तयार छौं, तपार्इंहरुको बजेट अनुसारको भ्रमण प्याकेज उपलब्ध गराउछांै, त्यहाँ हामीले भन्नेछौं ।’’ अध्यक्ष श्रेष्ठले भने । ‘‘श्रीलंकाको कोलम्बोबाट भैरहवासम्म सिधा हवाई उडान सुरु गर्न हामीले त्यहाँका पर्यटन सरोकारवाला संघसस्थासँग भन्नेछांै, हामीहरुको कार्यक्रममा त्यहाँका पर्यटनमन्त्री र प्रधानमन्त्रीका छोरा पनि सहभागी हुनु हुने भएकाले उहाँहरु मार्फत कोलम्बो–भैरहवा विमानसेवा सुरु गर्न पहल गर्न आग्रह गर्नेछांै ।’’अध्यक्ष श्रेष्ठले भने ।
सिद्धार्थ होटल संघ (शान) को सेल्स मिसन कार्यक्रममा सुरुमा केन्डी शहरमा त्यहाँका पर्यटन व्यवसायी, टुर तथा ट्राभल अपरेटर लगायतसँग अन्तरत्रृmया, छलफल र बि टु बि कार्यक्रम गरिने सेल्स मिसन कार्यक्रमका संयोजक सिद्धार्थ होटल संघका वरिष्ठ उपाध्यक्ष किशोर जोशीले बताए । त्यस्तै कोलम्बोमा हुने कार्यक्रममा त्यहाँका पर्यटन मन्त्रीसहित, नेपालका लागि श्रीलंकाका राजदुत, कोलम्बोका पर्यटन व्यवसायी, ट्राभल एजेन्ट, टुर अपरेटर, सरकारी, गैरसरकारी संस्थाका प्रतिनिधि एवं नेपालका प्रतिनिधि मण्डलसहित २ सय जनाको उपस्थितिमा लुम्बिनी र वरपरका क्षेत्रहरु कपिलवस्तु, राम्रगाम, दवदह लगायतका बारेमा जानकारी, साथै बित्त चित्र प्रदर्शनी, बीटुबी लगायतको कार्यक्रम आयोजना हुने जोशीले बताए ।
श्रीलंका सेल्स मिसन कार्यक्रमको प्रवद्र्धकमा नेपाल टुरिजम बोर्ड रहेको छ । त्यसै गरी होटल संघ नेपाल र लुम्बिनी विकास कोष पनि साथमा रहेका छन् । सिद्धार्थ होटल संघले आफ्नै पहलमा २०७२ सालको भुकम्प पछि जेठ महिनामा नेपाल भ्रमणका लागि सुरक्षित छ, भ्रमण गर्न आउनुहोस् भन्दै थाईल्याण्डमा सेल्स मिसन कार्यक्रम आयोजना गरेको थियो । टोली कार्यक्रम सकेर असार १७ गते नेपाल फर्कनेछ । टोलीलाई नेपाल टुरीजम बोर्डले सोमबार बिदाई गरेको थियो । यस अघि संघले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका सचिव रबिन्द्र शर्मा घिमिरे, सदस्य श्रीचन्द्र गुप्ता, लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष नरेश केसी, शानका सल्लाहकार मनोरञ्जन शर्मा, पर्यापर्यटन समूहका दिपेन्द्र बडुवाल लगायतले आफ्नो धारणा राखेका थिए ।
श्रीलंका प्रस्थान गरेको टोलीमा शानका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष किशोर जोशी, कोषाध्यक्ष भोजेन्द्र खत्री क्षेत्री, सदस्य श्रीचन्द्र गुप्ता, सुजन पाण्डे, नलिन न्यौपाने, अंकित जैसवाल, कैलाश गुप्ता, पवन गोयल, अभय शंकर झा, पशुपति कान्दु, पदम केसी, बुद्धिराम यादव, र संचारकर्मी प्रकाश न्यौपाने छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.