श्रीन्यूज ओके रिपोर्टर
भैरहवा, (२ साउन) ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गत आर्थिक वर्ष (२०७९/०८०)मा १५ हजार ५२ जनाले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेका अनुसार सो वर्ष १२ हजार २ सय ९ जनाले बंशज नागरिकता, १ हजार २२ जनाले बैबाहिक अंगिकृत,अंगिकृत नागरिकका सन्तानहरु ९ जनालाई अंगिकृत नागरिकता प्रमाणपत्र र १ हजार ९ सय ९२ जनाले जन्मका आधारमा नागरिकता लिएका बाबुआमाका सन्तानले बंशजको आधारमा नागरिकता प्रमाणपत्र पाएका छन् ।
सो वर्ष १० हजार २ सय ४५ जनाले प्रतिलिपि नागरिकता बनाएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । त्यसै गरी सोहि वर्षमा कार्यालयमा २३ हजार ९ सय ९ जनाले राष्ट्रिय परिचय पत्र प्राप्तिका लागि बिबरण दर्ता गराएका छन् । नगरिकता प्रमाणपत्र लिने, राष्ट्रिय परिचय पत्रका लागि बिबरण दर्ता गर्नेहरुको संख्या अघिल्लो वर्षको तुलनामा बृद्धी भएको हो । त्यसै गरी सोहि वर्ष ५० हजार ५ सय ६३ जनाले राहदानी प्राप्तीका लागि आबेदन दिएका थिए । ति मध्ये २१ जनाले दु्रत गतिमा प्राप्तिका लागि सिफारीस लिएको र २८ हजार ४ सय५७ जनालाई राहदानी दिईसकीएको प्रजिअ पाण्डेको भनाई छ ।
नयाँ र प्रतिलिपि नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र र ई पासपोर्ट लगायतका सेवा प्रबाहका लागि टाईम कार्ड लागु गरेका छौ, टाईम कार्ड लागुका कारण निबेदन दिएको दिनमानै सेवा दिने व्यवस्था कार्यालयले मिलाएको हुदा सेवाग्राहीको कार्य सहज रुपमा सम्पादन हुने गरेको प्रजिअ पाण्डेले बताए ।
प्रजिअ पाण्डेले संशोधित नागरिकता ऐनमा थपिएका प्रावधान बमोजिम जन्मको आधारमा नागरिकता प्रमाणपत्र लिएका नागरिकका सन्तानहरुलाई बंशजको आधारमा नागरिकता प्रमाणपत्र दिन छुट्टै डेडिकेटेड कक्षको व्यवस्था गरी जिल्लाबाट दैनिक ४ सय नागरिकता जारी गर्न सकिने व्यवस्था कार्यालयले मिलाएको छ ।रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय भैरहवा साथै इलाका प्रशासन कार्यालय मर्चवार र बुटवल बाट समेत नागरिकता प्रमाणपत्र प्राप्त गर्न सकिने व्यवस्था छ ।
कार्यालयले राष्ट्रिय परिचय पत्र समेत सोमबार देखि बितरण गर्न सुरु गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी रामचन्द्र अर्यालले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.