श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
शहीद जितेन्द्र मणी स्मृति प्रतिस्थान, लुम्बिनीको तेस्रो साधारणसभा तथा दोस्रो अधिबेसनले पुनः अध्यक्षमा तिर बहादुर रोका मगर निर्बाचित भएका छन् । सस्थाको निर्वाचन समितिका सम्योजक सुरेन्द्र बस्यालका अनुसार अधिबेसनले अध्यक्षमा रोका मगर, उपाध्यक्ष जय बहादुर सुनार, सचिव मनिष कुमार जोशी, कोषाध्यक्ष डम्बर बहादुर खत्री, सहसचिव केशव कुवर साथै सदस्यहरुमा अनिल ज्ञवाली, राकेश यादव, तारा बराल, दिलिप कुमार कोहार, मेराज खान र पुनम गेलाल निर्बिरोध निर्वाचित भएक छन् । त्यस्तै गरी अक्षयकोष ब्यवस्थापन तथा परिचालन समिती सदस्यमा श्याम कुवर र सामुदायिक स्वास्थ प्रतिष्ठान समिती सदस्यमा प्रेम बहादुर बिसि निर्वाचित भएका छन् ।
सस्थाको अधिबेसनको उदघाटन गर्दै प्रमुख अतिथी सिद्धार्थनगर नगर पालिकाका नगर प्रमुख श्री इस्तिहाक अहमद खाले यो सस्थाले सामाजिक क्षेत्रमा राम्रो काम गरीरहेको बताउदै सामाजिक क्षेत्रमा नगरपालिका मिलेर काम गर्न तयार रहेको जनाए ।
अध्यक्ष तिर बहादुर रोकाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य जय बहादुर सुनारले तथा कार्यक्रम सञ्चालन मनिष कुमार जोशीले गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.