क्षमता भन्दा दोब्बर यात्रु थिए जीपमा
श्रीन्यूज ओके रिपोर्टर । भैरहवा (१फागुन)
पाल्पामा मंगलबार साझ पख भएको जिप दुर्घटनामा परि ८ जना यात्रुको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा ५ पुरुष र ३ महिला रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए ।
पाल्पा जिल्लाको डुम्रे बजारबाट तिनाउ गाउँपालिकाको शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नंम्बरको यात्रुबाहक जिप डुम्रे ६ चिदिसमा दुर्घटना हुदा १८ जना घाईते भएको र घाईते मध्ये ४ जनाको अबस्था गंभिर रहेको पाल्पा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी भक्ति रानाले बताईन् । रानाका अनुसार घाईतेमा १३ महिला र ५ पुरुष रहेका छन् ।घाईते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।
डुम्रे चक्लादी सडक खण्डको चिदिस भन्ने ठाउँमा जिप दुर्घटनामा परेको हो । बुधबार श्रीपन्चमी पर्व पनि रहेको र साझ पख अन्य सवारी साधन नपाईने भए पछि धेरै यात्रुहरु जिपमा कोचिएर यात्रा गरेको पाईएको छ । जिपमा क्षमता भन्दा दोब्बर बढी जिप रहेका थिए । जिप फोर्स कम्पनिको हो ।उकालोबाटोमा क्षमता भन्दा बढी यात्रुका कारण जिपले थाम्न नसकेर दुर्घटनामा परेको अनुमान छ ।
दुर्घटना भए लगत्तै घटनास्थलमा स्थानिय बासिन्दाले तत्काल उद्धार गरेका थिए भने पछि प्रहरी , ट्राफिक प्रहरी पाल्पास्थित नेपाली सेनाको दि फेमस दल गण र सशस्त्रको टोली घटनास्थलमा परिचालन भएका थिए ।
तस्बीर सौजन्य : दिनेश घिमिरे
Get real time update about this post categories directly on your device, subscribe now.