श्रीन्यूज ओके रिपोर्टर । भैरहवा
रुपन्देही जिल्ला स्थित बिभिन्न सुरक्षा निकायका प्रमुखहरुले जिल्लामा शान्ति सुरक्षा अमन चयन कायम राख्न नागरीकको सहयोग अपरीहार्य रहेको बताएका छन् ।
उद्योग व्यापार संगठन रुपन्देहीले भैरहवामा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा सुरक्षा प्रमुखहरुले सो धारणा राखेका हुन् ।
कार्यक्रममा उपस्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं प्रहरी उपरीक्षक रंजित सिंह राठौर, सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका प्रमुख एवं उपअनुसन्धान निर्देशक हरिश विष्टले जिल्लामा शान्ति सुरक्षा कायम गर्न कटिबद्ध रहेको भन्दै आम नागरिकको साथ सहयोग प्रमुख रहेको जनाएका छन् । उनिहरुले खुल्ला सीमानाकाको फाईदा उठाउदै हुने चोरीनिकासी, अबैध ब्यापार, लागु औषध लगायतका बिषयमा संवेदनशील रहेको जनाउदै न्यूनिकरणको लागी प्रयासरत रहने भन्दै उद्योगी–व्यवसायी र सुरक्षा निकायबीचको सहकार्यले धेरै समस्याहरु समाधान गर्न सकिने भएकाले राम्रा नराम्रा सबै सूचना दिन उनिहरुले आग्रह गरे ।
उद्योग व्यापार संगठनका अध्यक्ष दर्पण श्रेष्ठको सभापतित्व एवं महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवाली, सल्लाहकारहरु नारायण प्रसाद भण्डारी, खिम बहादुर खत्री,ज्ञानु पौड्याल,डा. ऋषिराम शर्मा, भोपेन्द्र प्रसाद यादव,संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्का, सचिवालय सदस्य तथा आस्था महिला उद्यमी संघ सिद्धार्थनगर अध्यक्ष विन्दु न्यौपाने, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष रामप्रसाद पोख्रेल, लिलाधर भट्टराई,सुमन न्यौपाने ,अर्जुन कुमार गिरीले यहाका समस्या लगायतका बिषयमा चर्चा गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.